धादिङमा पराकम्पनको झट्का

प्रकाशित मिति : २०७२ फाल्गुण ३० आइतबार
काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि अझै पराकम्पन आउने क्रम रोकिएको छैन । आइतबार (आज) विहान ११ बजे धादिङको कुमपुर नजिकै केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्पन आएको छ । यसअघि, शुक्रबार दिउँसो ३ बजेर १३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नयाँ