arrow

एनएमबीले ३ अर्बको ऋणपत्र जारी गर्दै

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
nmb-bank.jpg

काठमाडौं । एनएमबी बैंकले ३ अर्बको ऋणपत्र जारी गर्न लागेको छ । यही फाल्गुन ३० गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको एनएमबि बैंकले जनाएको छ । सो ऋणपत्रको अवधि १० वर्षको लागि हुने बताईएको छ । 

न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदनकर्ताले आवेदन दिन सक्नेछन्। वार्षिक १० प्रतिशत व्याजदर तोकिएको सो ऋणपत्रको हरेक वर्ष ६/६ महिनामा व्याज तिरिने समेत बैंकले जनाएको छ । साथैं १० वर्षपछि साँवा र व्याज एकमुष्ट भुक्तानी गरिने बताईएको छ। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंकहरुले दीर्घकालीन ऋण लिन सक्ने बताएसँगै एमएमबीले यस्तो ऋणपत्र सार्वजनिक गर्न लागेको हो । यो कूल ३० लाख कित्ता मध्ये ४० प्रतिशत अर्थात् १२ लाख कित्ता मात्रै सर्वसाधारणको लागि तोकिएको छ । ‘एनएमबि ऋणपत्र २०८५’ को निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ