arrow

सञ्चालकले मनपरि खर्च गरेपछि किराँत माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
microfinance.jpg

दमक । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनपरि खर्च गरेको पाईएपछि किराँत माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् ।

इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको माइक्रोफाइनान्सको प्रकृया टुंगो नहुदै जम्मा भएको रकम आफूखसी खर्च गरिएको सार्वजनिक भएपछि त्यसमा आवद्ध डेढ सय बढी शेयर होल्डरहरु बिचल्लीमा परेका हुन् । उनीहरुले सञ्चालकहरु विरुद्ध दमक प्रहरीमा उजुरी समेत गरेको खुल्न आएको छ ।

स्रोतका अनुसार पीडित शेयर सदस्यहरुले माइक्रोफाइनान्सका प्रस्तावित अध्यक्ष डकेन्द्रसिंह थेगिम,कमल प्रसाद नेम्बाङ्ग,नरसिंह फागो,ठटबहादुर पन्दाक,सरस्वती राई र पूर्ण बहादुर वझीसहितका विरुद्ध उजुरी गरेका हुन् । फाइनान्सको दर्तासहितका सञ्चालन प्रकृया सम्पन्न गर्न थेगिमसहितका सञ्चालक पदाधिकारीले सर्वसाधारणहरुसंग उठाइएको रकम आफूभित्र लगानी गरेको खुल्नआएको छ । एक सञ्चालक भन्छन्,‘फाइनान्सको नाममा जिममेवार मान्छेबाट सर्वसाधारण ठगीएका छन् ।’ सर्वसाधारणहरुले रकम खोजतलास गरेपछि उनीहरु अहिले वहाना देखाउदै आएका छन् ।
थेगिम किराँत धर्म साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुन् । उनी किराँत धर्मगुरु आत्मानन्द लिङदेनका विश्वासपात्र मानिन्छन् ।

आफनो समुदायका नाममा माइक्रोफाइनान्स खोल्ने भनेर दमकसहित पूर्व झापा,मोरङ, सुनसरी,पाँचथर,इलाम लगायतका क्षेत्रमा बस्दैआएका किराँत समुदायहरुले फाइनान्सका लागि रु १ करोड ५८ लाख बढी जम्मा गरेका थिए । फाइनान्समा १ सय ७८ जनाले कम्तीमा ५० हजार माथि शेयर रकम जम्मा गरेका थिए । तर यसरी जम्मा गरिएको रकम पाँच वर्षसम्म पदाधिकारीहरुले सार्वजनिक गर्ने तर्फ अत्तोपत्तो नगरेपछि बाँध्य भएर गुहार माग्नु परेको नरेन्द्र वनेमले वताएका छन् । उनका अनुसार फाइनान्सनै दर्ता नगरि पदाधिकारीहरुले रकम अवैध ढंगले चलखेल गरेको हुनसक्ने भएकाले रकमको वारेमा  कुरा उठाएपनि आलटाल गर्दे आएको गुनासो उठेको हो । फाइनान्सका लागि आफूसहित धेरै शेयर सदस्यहरुले रकम जम्मा गरेको पीडित वनेमले गुनासो गरेका हुन् ।

बैकिङ्ग कारोवार छुटटै वनाउने उद्देश्यले शुरु गरिएको फाइनान्स तथापि नियमानुसार दर्ता समेत गरिएको थिएन् । दर्ता गर्ने भन्दै जम्मा गरिएको रकम नियम विपरीत आफूखुसी खर्च गरेको आरोप लागेको छ । अधिकांश किराँत धर्मावलम्बीहरु भएका कारण पनि त्यस ठगी धन्दा भित्रभित्र मिलाउने भनी चलखेल शुरु भएको छ ।

यसैवीच फाइनान्सका अध्यक्ष थेगिमले फाइनान्स दर्ता प्रकृयामा रहेको र पैसा चलखेल नभएको दावी गरेका छन् । संकलित पैसा नियमानुसार लगानी गरिएको भन्दै आगामी मसान्त भित्रमा दर्ता हुने अध्यक्ष थेगिमले वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ