arrow

सन्दिप-सिता बर्षका उत्कृष्ट क्रिकेट खेलाडी

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
sandeep.jpg

काठमाडौं। नेपाली क्रिकेट स्टार सन्दिप लामिछाने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डबाट सम्मानित भएका छन्। 

मंगलवार भएको कार्यक्रममा महिला तर्फ सिता रानामगर वर्षको उत्कृष्ट महिला खेलाडी अवार्डबाट सम्मानित भएकी हुन्। 

यसैगरि बर्षको उदयीमान खेलाडीको पुरस्कार रोहित कुमार पौडेलले पाएका छन्। यएई बिरुद्धको सबैभन्दा कम उमेरमा एकदिवसिय अन्तराष्ट्रियमा अर्धशतक बनाउने रोहित नेपालका भविष्यको ताराका रुपमा हेरिएका छन्।

नेपाली क्रिकेटमा लामो समय बिताएका कोमल बहादुर पाण्डेलाई ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो। पाण्डे निकै लामो समय कीर्तिपुर क्रिकेट मैदानमा क्युरेटरको रुपमा कार्यरत थिए।

र नेपाली क्रिकेटका अर्का चिर-परिचित खेलाडी करण केसीले ‘मोमेन्ट अफ द इयर’ अवार्ड पाएका छन्। उनले नामिबियामा भएको प्रतियोगितामा क्यानाडा बिरुद्धको खेलमा नेपाललाई हारको मुखबाट निकालेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ