arrow

सुदूरपश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबलको उपाधी बैतडीलाई

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
sudur-paschim.jpg

दार्चुला ।  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुदुरपश्चिमाञ्चल प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी बैतडीले हात पारेको छ । मंगलबार दार्चुला सदरमुकाम खलंगामा भएको फाइनल खेलमा बैतडीले डोटिलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

 यसअघि सेमिफाइनलमा डडेल्धुरालाइ पराजित गर्दै बैतडी र बझाङलाइ पराजित गर्दै डोटीले फाइनल प्रवेश गरेका थिए । फाइनलमा सुरुका दुई सेट डोटीले जितेपनि पछिल्ला तीन सेटमा लगातार जित हात पार्दै बैतडी बिजयी भएको हो । प्रदेशका ९ जिल्लाले भाग लिएका प्रतियोगितामा डोटि उपविजेता बनेको छ । भने तेस्रो डडेल्धुरा र बझाङ भएका छन्  ।

यस्तै आठौ रास्टृय महिला भलिबल प्रतियोगिता यहि फागुन २३ गतेदेखी बझाङ जिल्लामा सञ्चालन हुने छ । राष्ट्रिय खेलकुदको पुर्वसन्ध्यामा प्रदेश स्तरीय छनोट चरणका खेलहरु बिधा अनुसार विभिन्न जिल्लामा सञ्चालन भइरहेको सुदूरपश्चिमाञ्चल खेलकुद बिकास समिति सदस्य नितेस रिमालले जानकारी दिए ।
 
आठौं राष्ट्रिय खेलकुद प्रदेश स्तरिय छनोट प्रतियोगिता यहि फागुन १७ गते देखि जिल्ला सदरमुकाम दार्चुलामा संचालन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ