arrow

किम खाली हात घर फर्किए

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २१ मंगलबार

प्योङयाङ। भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्केको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ। नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा कोरियाली वर्कर्स पार्टीका वरिष्ट अधिकारी, सरकारका उच्च अधिकारीहरु र सशस्त्र फौजका वरिष्ट अधिकारीहरुले स्वागत गरेका थिए।

किमले भियतनाम भ्रमणका अवसरमा राजधानी हनोइमा गत फेबु्रअरी २७ र २८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए। ट्रम्पसँगको भेटवार्तापछि किमले भियतनामको दुई दिने सद्भावपूर्ण भ्रमण गरेका थिए।

राष्ट्रपति ट्रम्पसँगको भेटवार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण, उत्तर कोरियामाथि लागेको प्रतिबन्ध फुकाउने लगायतका विषयमा घनीभूत छलफल भएको केसीएनएले जनाएको छ। तर दुई नेताबीच कुनै लिखित सम्झौता भने भएन। उनी खाली हात घर फर्किएका छन्। यसअघि सन् २०१८ जुन महिनामा ट्रम्प र किमबीच सिङ्गापुरमा पहिलो शिखर सम्मेलन भएको थियो।

यद्यपी दुवै पक्षले कोरियाली प्रायःद्वीपमा जारी शान्ति प्रक्रिया जारी रहोस् भन्ने इच्छा जनाएका छन्। किमको भियतनाम भ्रमणको क्रममा भियतनामका राष्ट्रपति एनगुएन फु ट्रोङ र प्रधानमन्त्री एनगुएन जुआन फुकसँग भेटवार्ता भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ