arrow

आगामी दिनमा के के गर्ने ? अर्थले तयार पार्यो सूची

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
Ministry-Finance-hamrakura-3.jpg.jpeg

काठमाडौं । विविध क्षेत्रहरुमा अर्थमन्त्रालयले लिएको वार्षिक लक्ष्य पूरा नहुने देखेपछि अर्थमन्त्रालयले आगामी दिनहरुमा सुधार गर्नुपर्ने बुँदाहरु तयार पारेको छ । आश लाग्दा अर्थमन्त्री हुँदा पनि अर्थतन्त्र समस्यामा रहेको र विकासका कामले गति नलिएको भन्ने गुनासाहरु आईरहेको बेला अर्थमन्त्रालयले भने बुँदागत रुपमा गर्नुपर्ने कामहरुको सूची तय गरेको हो । यसको मंगलबार अर्थसचिव राजन खनालले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए । 

अर्थ मन्त्रालयले अपेक्षित काम हुन नसकेको जनगुनासाहरु कम गर्नकोलागि आर्थिक वर्षको बाँकी ६ महिनामा गर्ने कामको प्राथमिकता सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले सरकारको आर्थिक बृद्धिको लक्ष्य र अर्थमन्त्रालयले गर्ने खर्चलाई प्रभावकारी बनाउनको लागि केही क्षेत्र तथा विषयहरुमा सक्रियताका साथ अघि बढ्ने तयारीमा अर्थ जुटेको हो । 

अर्थसचिव खनालले आर्थिक वर्षको बाँकी समयमा विभिन्न क्षेत्रमा दायित्व अनुसारको रकम फच्छ्र्याेटलाई प्राथमिकतामा राखिने जानकारी दिए । उनले अर्थ मन्त्रालयले धेरै सक्रियताका साथ काम गरिरहँदा पनि केही क्षेत्रहरुमा लक्ष्य पूरा हुन नसकेको र विकासका कामहरुमा अपेक्षित उपलब्धी हाँसिल हुन नसकेको भन्ने गुनासालाई सम्बोधन गरी आगामी दिनमा केही सुधारका कामहरु गर्दै जाने जानकारी दिए । 

खनालका अनुसार अब अर्थमन्त्रालयले खर्च हुन नसक्ने परियोजनाबाट खर्च अभाव भएका परियोजनामा खर्च रकमान्तर गरी पैसाको अभावमा कुनैपनि परियोजना रोकिने अवस्था नल्याउने जानकारी दिएका छन् । उनले वैदेशिक आयोजनालाई समयमै शोधभर्ना गरी आयोजना कार्यान्वयनमा सहजीकरण गरिने जानकारी समेत उनले दिएका छन् ।

पुनर्निर्माण तर्फको काममा अझै केही काम बाँकी रहेको भन्दै सचिव खनालले पुनर्निर्माणको कामलाई समेत अब गति दिईने जानकारी दिएका छन् । सम्झौता भएका रुग्ण उद्योगहरु सञ्चालनको काम पनि अहिले टाउको दुखाईको विषय भएको भन्दै उनले त्यस्ता आयोजनाहरु कार्यान्वयनमा प्राथमिकता दिईने बताए । कुन् आयोजना कुन् मन्त्रालयको स्रोतबाट चलाउने र कहाँबाट स्रोत जुटाउने भन्नेबारे पनि छलफल गरेर आयोजनालाई गति दिईने जानकारी उनले दिए । एमटिएमएफ संशोधन गर्ने र सार्वजनिक ऋण व्यवस्थापन कार्यको समेत संशोधन प्रक्रिया अघि बढाईने जानकारी समेत सचिव खनालले दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ