-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश क्लब टोटनह्याम हट्सपर युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले घरेलु मैदानमै घुँडा टेकेपछि टोटनह्याम क्वार्टरफाइनलमा पुगेको हो ।

बुधबार बिहान सम्पन्न खेलमा टोटनह्याम १–० ले विजयी नतिजा ल्याउन सफल भयो ।
इंगलिश टोलीका कप्तान ह्यारी केनले ४९ औं मिनेटमा निर्णायक गोल गरे ।

घरेलु मैदानमा मार्को रिउस, मारियो गोट्जे, जाडोन सान्चो र क्रिस्टियन पुलिसिकले चमत्कार गर्ने अपेक्षा बालुवामा पानी हालेसरह भयो ।

डर्टमन्डले पछिल्ला १३ नकआउटमा ११ खेलमा हार बेहोरेको छ ।

यो जितपछि समग्रमा टोटनह्याम ४–० ले विजयी रह्यो । पहिलो लेगको खेलमा टोटनह्याम ३–० ले विजयी नतिजा ल्याउन सफल भएको थियो ।



