arrow

 पाकिस्तानको दावीलाई मानेन भारतले 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
India-pakistan.jpeg

काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो तनावले स्थिति सुधारोन्मुख बन्न सकिरहेको छैन । फेब्रुअरी १४ मा पाकिस्तानी आतंकवादी समूहले भारतीय सुरक्षाकर्मीमाथि पुलवामामा आक्रमण गरी ४७ जनाको ज्यान लिएपछि बढेको तनावमा आरोप प्रत्यारोप जारी छ । 

सोही क्रममा भारतले पाकिस्तानमा एयर स्ट्राइक पनि गर्यो । तर सोही क्रममा पाकिस्तानले हवाइ झडपका क्रममा एउटा इन्डियन एयरफोर्स विमान खसालेको दावी गरे पनि भारतले स्वीकारेको छैन । 

पाकिस्तानले सुखोई–३० लडाकु विमान खसालेको दावी गरे पनि भारतीय रक्षा मन्त्रालयले त्यसलाई स्वीकार नगरेको हो । 

पाकिस्तानको बालाकोटमा भारतले फेबु्रअरी २६ तारिखमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रशिक्षण केन्द्र ध्वस्त पारेको दावी गरेको थियो ।

त्यसको एक दिनपछि पाकिस्तानले जवाफी कार्वाही थालेको थियो । कश्मीरमा भएको झडपका क्रममा भारतीय एयर फोर्सका विंग कमान्डर अभिनन्दनको एफ–१६ लडाकु विमान खसालेर अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो । 

अभिनन्दनलाई पाकिस्तानले ५५ घण्टापछि छाडेको थियो । पाकिस्तानले मिग–२१ भने खसालेको थयो । 

भारतीय रक्षा मन्त्रालयले भने हवाइ झडपका क्रममा खटिएका सबै सुखोई–३० लडाकु विमान सुरक्षित रहेको दावी गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ