arrow

आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा पोख्रेलको नियुक्त 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
ime-insurence.jpg

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी श्री दिपक शर्मा पोख्रेललाई नियुक्त गरिएको छ। उनी एक्रस मनि ट्रान्सफर लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका हुन्।

गत मंगलबार भएको एक कार्यक्रमका बिच शर्मालाई सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका छन। सोही अवसरमा बोल्दै अध्यक्ष  डा. रामहरि अर्यालले नियुक्तिपाई सञ्चालक समितिमा आउनुभएका शर्मालाई सफल कार्यकालको शुभकामना दिएका थिए।

यस अघि कम्पनीको प्रतिनिधित्व श्री इश्वर कुमार कार्कीले गर्दै आएका छन्। सो कार्यक्रममा सञ्चालक श्री इश्वर कुमार कार्कीलाई बिदाई समेत गरिएको छ। कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा अर्यालले कार्कीले कम्पनी प्रति पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै अगामी दिनमा समेत उहाको कार्य अनुभव र दक्षताको निरन्तर सहयोग रहने अपेक्षा राखेको थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ