arrow

रकेट प्रक्षेपणस्थल पुनर्निर्माण गर्दै उत्तर कोरिया 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २२ बुधबार
North-korea.jpg

काठमाडौं । स्याटेलाइटबाट देखिएको तस्वीरअनुसार उत्तर कोरिया आफ्नो रकेट प्रक्षेपणस्थल पुनर्निर्माणको लागि जुटेको देखिएको छ । विश्लेषकहरुले बताएअनुसार उत्तर कोरियाले यसअघि ध्वस्त पारेको दाबी गरेको प्रक्षेपणस्थल पुनर्निर्माणको तयारी भइरहेको हो । 

अमेरिका र उत्तर कोरियाबीच भियतनाममा भएको शिखर वार्ता विना कुनै निष्कर्ष सकिएको दुई दिनपछि उत्तर कोरिया आफ्नो रकेट प्रक्षेपणस्थलको पुनर्निर्माण शुरु गरेको देखिएको हो । 

उत्तर कोरियाले आफ्नो टोङचाङ–रि साइटको प्रयोग सबै किसिमको स्याटेलाइट र इन्जिन परीक्षण गर्दै आएको छ । तर, ब्यालेस्टिक मिसाइलको लागि भने यो साइटको प्रयोग गरिएको छैन । गत वर्ष अमेरिकासँगको सम्बन्ध सुधारसँगै उत्तर कोरियाले यो साइट ध्वस्त पारेको थियो । 

यसैबीच अमेरिकाले पनि उत्तर कोरियालाई निशस्त्रीकरणका लागि कुनै कदम नचालेको खण्डमा थप प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएको छ । दक्षिण कोरियाको गुप्तचर संस्थाले सार्वजनिक गरेको स्याटेलाइट प्रमाण सार्वजनिक गरेको हो । 

उक्त प्रतिवेदनमा संरचना पुनर्निर्माणको काम निकै तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरिएको छ । उत्तर कोरियाले सोहेई नामक उक्त प्रक्षेपणस्थल पुनर्निर्माणको काम अघि बढाएको हो । सन् २०१२ देखि सोहेईबाट स्याटेलाइट प्रक्षेपण गर्दै आएको छ ।
 
विश्लेषकहरुले उत्तर कोरियाले यस किसिमको कार्यले आगामी दिनमा अमेरिकासँगको वार्ता प्रभावित हुनसक्ने  बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ