arrow

पूर्वी अफगानिस्तानमा विस्फोट, ठूलो क्षतिको आशङ्का

logo
सिन्हवा,
प्रकाशित २०७५ फागुन २२ बुधबार
afgankills.jpg.jpeg

जलालाबाद। अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा बुधबार बिहान सबेरै शृंखलाबद्ध बम विस्फोट हुँदा ठूलो मानवीय तथा सम्पत्तीको क्षति भएको आशङ्का गरिएको एकजना सरकारी अधिकारीले जानकारी दिएका छन्। दुइजना आत्मघाती आक्रमणकारी र अरु दुई गरी चार जनाको अफगान सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा ज्यान गएको छ।

बुधबार बिहान शृंखलाबद्ध रुपमा विस्फोट भएका र आक्रमणका लागि पनि विस्फोटक पदार्थ राखिएको भेष्ट लगाएका आक्रमणकारीहरुमाथि प्रहरीले कारबाही गरेको थियो। सो प्रान्तका प्रान्तीय प्रवक्ता आत्तुउल्लाह खोग्यानीले एएफपी समाचार समितिलाई बताएअनुसार सुरक्षा अधिकारीहरुले आफ्नो कारबाही भने जारी राखेको बताइएको छ।

एएफपीका एक समाचारदाताले बुधबार बिहान यस विस्फोटको पुष्टि गरेका छन्। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन।जलालाबाद विमानस्थलको अगाडिको एक निजी कम्पनीलाई लक्ष्य गरेर आतङ्ककारीहरुले आक्रमण शुरु गरेका थिए। यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।

बिहानका आक्रमणहरु भीषण रहेका र विस्फोटपछि ठूलै मानवीय तथा सम्पत्तीको क्षतिको आशङ्का गरिएको छ। प्रहरीले यस बम आक्रमणको अनुुसन्धान थालिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ