arrow

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक बनाउन सुझाव

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
PM-Niews,-baluwatar.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)को स्थायी समिति बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई उपलब्धिमूलक बनाउन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले आउँदो चैत ७ गतेदेखि हुने प्रधानमन्त्रीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिएको एमाले प्रवक्ता योगेश भट्टराईले बताए । 
 
बैठकले दुई देशको व्यापार सम्झौतालाई दीर्घकालिन हितमा परिणत गर्नेगरी फलदायी बनाउन उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, ग्यास र नुनको व्यापारसम्बन्धी सहमति गर्न पनि सुझाव दिएको हो । पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको खैरेनीटार र काभ्रेको पाँच खालमा भण्डारण केन्द्र निर्माणबारे कुराकानी अघि बढाउनसमेत एमाले स्थायी समितिले सुझाएको छ । 
 
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालमा चिनीयाँ लगानीमा भइरहेका परियोजनाको कामको प्रगतिबारे ध्यानाकर्षण गराउन र भूकम्पपछिको पुनःनिर्माणका लागि ठोस प्रस्ताव लैजान बैठकले आग्रह गरेको प्रवक्ता भट्टराईले सुनाए। न्यायाधीश नियुक्ति सम्बन्धमा एमाले स्थायी समिति बैठकले न्यायपरिषद्ले संविधान अनुरुप सिफारिस गरेकाले नियुक्तिको विषयलाई बिवादरहित सहज बनाउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ