arrow

के हो 'लखनउ लूट' काण्ड , किन छ चर्चित ?

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
lakhnew_loot.jpg

काठमाडौं । बुधबार नेकपा सांसद विरोध खतिवडाले उठाएको लखनउ लूट काण्ड भारतको स्वाधीनता आन्दोलनमा काकोरी काण्ड अर्थात् लखनउ लूट काण्डको नामबाट चिनिन्छ । भारतको स्वतन्त्रता स‌ंग्राममा जनतालाई शासक विरुद्ध हौसला जगाउन यो काण्डको महत्वपूर्ण भूमिका रहेको थियो । तर यस बारे लखनउ लूटको चर्चा धेरै हुने गरेको भएपनि यसको कहानी भने धेरै सुन्न पाईँदैन । इतिहासकारहरुले पनि यसलाई त्यति धेरै महत्व दिएको पाईँदैन । 

९ अगस्ट १९२५ मा रेलबाट लगिँदै गरेको सरकारी खजाना लुटेर भारतीय स्वतन्त्रता संग्राममा खर्च गरिएको इतिहास नै लखनउ लूट नामले चर्चित छ । त्यतिबेला लखउनको नजिक रहेको काकोरी रेलवे स्टेशन नजिक सो रेल लुटिएको थियो । त्यसैले यो काण्डलाई काकोरी काण्डको नामबाट समेत लिने गरिएको छ । भारतीय स्वतन्त्रता संग्रामको​ इतिहासमा प्रसिद्ध यो काण्ड क्रान्तिकारीहरुद्वारा ब्रिटिश राजविरुद्ध भयंकर युद्ध सुरु गर्नको लागि गरिएको बहादुरीपूर्ण कदम थियो । उनीहरु सो युद्धको लागि हतियार खरिद गर्ने तयारीमा थिए । जसको लागि क्रान्तिकारीहरुसँग पैसाको अभाव थियो । त्यसैले उनीहरुले एक ठाउँबाट अन्यत्रै लैजान लागिएको खजाना लुटेर त्यसैले हतियार किन्ने सोच बनाएका थिए । 

अहिले पनि सोच्न सक्छौं कि अँग्रेजहरुको शासनकालमा उनीहरुबाटै खजाना लुट्न कति सम्भव थियो ? उनीहरुले आफ्नो निजी स्वार्थबाट माथि उठेर देशको स्वतन्त्रताको लागि यो योजना बनाएका थिए । स्वतन्त्रता संग्रामको आन्दोलनलाई गति दिनको लागि गरिएको सो डकैतीको योजना शाहजहाँपुरमा भएको बैठकको क्रममा राम प्रसाद बिस्मिलको थियो । अंग्रेजी सरकारको खजाना लुट्ने योजनानुसार दलका एक प्रमुख सदस्य राजेन्द्रनाथ लाहिडीले ​९ ​अगस्टको दिन लखनऊ जिल्लाको काकोरी रेलवे स्टेशनबाट छुटेको “आठ डाउन सहारनपुर(लखनऊ प्यासेन्जर ट्रेन”लाई चेनले तानेर चल्न दिएका थिएनन् । क्रान्तिकारी पण्डित राम प्रसाद बिस्मिलको नेतृत्वमा गएको अशफाक उल्ला खाँ, पण्डित चन्द्रशेखर आजाद सहित ६ अन्य सहयोगीहरुको मद्दतले गार्डको डिब्बेबाट सरकारी खजानाको बक्सा तल गिराईएको थियो । 

पहिले त उनीहरुले सो बाक्सा खोल्ने प्रयास गरे । तर केही गर्दा पनि खोल्न नसकेपछि अशफाक उल्ला खाँले आफ्ना सहयोगी मन्मथनाथ गुप्तलाई बोलाएर हथौडाले सो बाक्सा तोडेका थिए । मन्मथनाथ गुप्तले उत्सुकतावश आफ्नो पेस्तोलको ट्रेगर दबाइदिए । जसबाट छुटेको गोली अहमद अली नामका मानिसलाई लाग्यो । उनी त्यहिँ घाइते भए । उनीहरु छिटो छिटो चाँदीको सिक्का तथा नोटलाई छालाको थैलोमा बाँधेर भाग्न लाग्दा उनीहरुको फेता त्यही छुटेको थियो । 

भोलिपल्ट अखबारहरुको माध्यमबाट यो खबर पूरै संसारमा फैलिन पुग्छ । ब्रिटिश सरकारले यस ट्रेन डकैतीलाई गम्भीरता रुपमा लिँदै सी०आई०डी० इन्स्पेक्टर तसद्दुक हुसैको नेतृत्वमा स्कटल्याण्डका सबैभन्दा तेज तर्रार पुलिसलाई यसको जाँचको जिम्मा दिइयो । 

त्यसको भोलिपल्ट अँग्रेजी हुकुमतले उनको पार्टी हिन्दुस्तान रिपब्लिकन ऐसोसिएशनका कुल​ ४० क्रान्तिकारीहरु माथि सम्राट विरुद्ध सशस्त्र युद्ध सुरु गरेको, सरकारी खजाना लुट्ने तथा मुसाफिरहरुको हत्या आरोपमा राजेन्द्रनाथ लाहिड़ी, पण्डित राम प्रसाद बिस्मिल, अशफाक उल्ला खाँ तथा ठाकुर रोशन सिंहलाई मृत्यु(दण्डको सजाय सुनाईयो । यसमा संलग्न बाँकी क्रान्तिकारीकारीहरुलाई कम्तिमा ४ वर्षको सजाय दिएर कालापानी कटाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ