arrow

अमेरिकी सेनाभित्र महिला हिंसा बढी, एयर फोर्स अफिसरद्धारा सिनेटरमाथि करणी

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
mcSally.jpg

काठमाडौं । अमेरिकी सिनेटर मार्था म्याक स्यालीले आफू एयर फोर्सका अफिसरद्धारा बलात्कृत भएको बताएकी छिन् । 

अमेरिकी पहिलो महिला फाइटर पाइलट स्यालीले सुनुवाइका क्रममा आफू सुपेरियर अफिसरबाट बलात्कृत भएको खोलेकी हुन् । 

एरिजोना रिपब्लिकनका अनुसार उनले आफूलाई लाज लागेका कारण तत्कालीन अवस्थामा बलात्कृत भएको रिपोर्ट गरेकी थिइनन् । 

सेनाको उपसमितिलाई बुधबार उनले आफू धेरै वर्षदेखि मौन बसेको पनि बताएकी छिन् । 

अमेरिकी सेनामा यौन हिंसा हुँदै आएको छ । सन् २०१७ मा मात्र १० प्रतिशत महिला सेनाहरु यसको शिकार भएका छन् । 

स्यालीले आफू लामो समय मौन रहे पनि सेनामा महिला हिंसाको घटना दुनियाँले थाहा पाउनु पर्छ भनेर नै हिम्मत जुटाएर बाहिर ल्याएको बताएकी छिन् । 

उनले भनेकी छिन् ‘एयर फोर्सको सिस्टमले नै मलाई बलात्कार गर्यो ।’

उनले आफूजस्तै थुप्रै बलात्कृत हुनुपरेको पनि खुलाएकी छिन् । स्यालीेले एयर फोर्समा २६ वर्ष बिताइन् । उनी कर्णेल भएर सन् २०१० मा रिटायर्ड भएकी थिइन् । (बीबीसीबाट)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ