arrow

ट्रम्पलाई धक्का, अमेरिकाको व्यापारघाटा दशककै उच्च

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २३ बिहिबार
donald-trump.jpg

काठमाडौं । अमेरिकाको व्यापारघाटा दशककै उच्च बन्न पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात कर बढाउने नीतिका बीच व्यापारघाटा चुलिएको हो । 

बुधवार अमेरिकाको वाणिज्य मन्त्रालयले दिएको जानकारीअनुसार अमेरिकाको व्यापारघाटा ६ खर्ब २१ अर्ब डलर पुगेको हो । 

सन् २०१८ को व्यापारघाटा अमेरिकाको लागि सन् २००८ यताकै सबैभन्दा उच्च हो । अमेरिकाको चीनसँगको व्यापारघाटा पनि उल्लेख्य बढेको छ । सो अवधिमा चीनसँगको व्यापारघाटा ११ दशमलव ६ प्रतिशतले बढेको हो । 

अमेरिकाको चीनसँगको व्यापारघाटा ४ खर्ब १९ अर्ब डलर पुगेको हो । गतवर्ष अमेरिकाको आयात पनि बढेर २६ खर्ब डलर पुगेको छ ।

अमेरिकाको व्यापारघाटा डिसेम्बर १८ दशमलव ८ प्रतिशत बढेर ५९ अर्ब ८० करोड डलर पुगेको छ । यो सन् २००८ को अक्टोबरयताकै उच्च हो । 

डिसेम्बरमा लगातार तेस्रो महीना निर्यातमा कमी आउनुका साथै आयात बढेकाले अमेरिकाको व्यापारघाटा बढेको हो । 

अहिले अमेरिका चीनसँगको व्यापारवार्ताको क्रममा रहेकोमा यस्तो नतिजा सार्वजनिक भएको हो । यसले ट्रम्पको व्यापारिक नीतिबारे पनि प्रश्नचिन्ह उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ