arrow

उत्तर कोरियाका एक करोडभन्दा बढीमा कुपोषण 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २३ बिहिबार
kim-jong-un.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा उत्तर कोरियाका ४३ प्रतिशत मानिसमा कुपोषणको समस्या रहेको पाइएको छ । अर्थात् १ करोड १० लाखभन्दा बढीमा यो समस्या छ । रिपोर्टका अनुसार उनीहरुलाई अहिले उल्लेख्य मात्रामा खानाको अभाव छ । 

उत्तर कोरियामा अहिले देखिएको व्यापक कुपोषणले आउँदो पिँढी पनि प्रभावित बन्नसक्ने उल्लेख गरिएको छ । अहिले ५ जना मध्ये १ बच्चालाई कुपोषण हुने गरेको देखिएको छ । यस्तोमा अत्यन्त सीमित स्वास्थ्य स्याहार र स्वाच्छ पानीको अभावमा उपचार सम्भव भएका बिरामी पनि मर्ने सम्भावना धेरै देखिएको छ । 

संयुक्त राष्ट्रसंघले गत वर्ष ६० लाख कुपोषणबाट पीडित मानिसको सहयोगका लागि ११ करोड १० लाख सहयोगको अपिल गरेको थियो । त्यसको केवल २४ प्रतिशत मात्र दिइएको थियो । 

उत्तर कोरियामा आधुनिक कृषि प्रणालीको विस्तार हुन नसकेको कारण खाद्यान्न उत्पादन घटेको हो । यसको असर खाद्यान्न अभावको रुपमा देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ