नारी दिवसको अवसरमा आरपि ग्रुपको ५० प्रतिशतसम्म छुट
प्रकाशित २०७५ फागुन २३ बिहिबार
258
Shares
काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आरपि ग्रुपले विभिन्न छुट योजनाहरु ल्याएको छ। ग्रुपद्वारा सञ्चालित डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेशन स्टोर, जय अम्बे साडी शोरुम तथा एपी स्टोरमा उपलब्ध सामानहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था ल्याएको हो। यो छुट ८ मार्च २०१९ एक दिनको लागि मात्र हो।
ग्रुपले आधुनिक डिजाइनका पोशाक, जुत्ता, ब्यागहरु विक्री वितरण गर्दै आइरहेको छ। काठमाडौंको लागि डामिलानो इटालिया तथा रोस्रो ब्रुलेनो दरबारमार्ग स्थित शोरुमबाट खरिद गर्न सकिनेछ बताईएको छ। त्यस्तै, एपि स्टोर जउलाखेल, जय अम्बे साडी शोरुममा महिलाहरुलाई हुने साडी, कुर्ता, लेगिङज, टप्स इन्द्रचोक न्यूरोडमा पनि सामान उपलब्ध हुने ग्रुपले जनाएको छ।