arrow

राजनीतिक सङ्कटबीच कतारले बेच्यो १२ अर्ब डलरको ऋणपत्र

logo
एएफपी,
प्रकाशित २०७५ फागुन २३ बिहिबार
qutar.jpg

दोहा। कतारले १२ अर्ब डलर बराबरको ऋणपत्र बिक्री गरेको अर्थ मन्त्रालयले बिहीबार जनाएको छ। खाडी राष्ट्रको गठबन्धनले आर्थिक तथा कूटनीतिक सम्बन्ध बिच्छेद गरे पनि कतारले उत्साहप्रद किसिमबाट ऋणपत्र बिक्री गरेको छ।

“कतारले अन्तर्राष्ट्रिय वित्तीय बजारमा सफलता हासिल गरेको छ, र तीन पटक जारी गरिएको ऋणपत्रबाट १२ अर्ब डलर प्राप्त भएको छ,” मन्त्रालयले जनाएको छ। मन्त्रालयले ऋणपत्रका लागि ५० अर्ब डलरभन्दा बढीको आवेदन प्राप्त भएको पनि स्पष्ट गरेको छ।

हाल साउदी अरेबीयाको अग्रसरताको खाडी राष्ट्रहरुको गठबन्धनले कतारलाई सन् २०१७ देखि आर्थिक तथा राजनीतिक रुपमा एक्ल्याउने प्रयत्न गरेको छ। यो गठबन्धनमा संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले पनि समावेश छन्। कतारमाथि आतङ्कवादी सङ्गठनहरुलाई सघाएको तथा साउदी अरबको विपक्षमा रहेको इरानलाई सहयोग गरेको आरोप छ।

दोहाले भने उक्त आरोपहरु अस्वीकार गरेको छ। सत्ता परिवर्तन गर्न चाहने तत्वको उक्साहटमा कतारलाई एक्ल्याउने प्रयत्न भएको कतारको भनाई छ। सन् २०१८ मा पनि ग्यासको धनी राष्ट्र कतारले १२ अर्ब डलरको ऋणपत्र बिक्री गरेको थियो। गत वर्ष कतारको तुलनामा साउदी अरेबीयाले ११ अर्ब डलरको ऋणपत्र मात्र बिक्री गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ