arrow

उत्तर कोरियाद्वारा अमेरिकी सैन्य अभ्यासका बारेमा नयाँ चेतावनी

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Kim-Jong-Un.jpg.jpeg
सिओल (दक्षिण कोरिया) । उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी (केसिएनए) ले उत्तरकोरियाली सेना प्रमुखहरूद्वारा जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ । 
 
उत्तरकोरियाले अमेरिकी संयुक्त सैन्य आक्रमणको प्रतिवाद गर्दै सिओलगायत सम्पूर्ण कोरियाली प्रायद्वीपलाई मुक्त गर्ने बताएको छ । उत्तरको चेतावनीको प्रतिवाद गर्दै दक्षिण कोरियाको रक्षामन्त्रालयले सैन्य अभ्यास नियमित भएको जनाउँदै यसबाट थप उत्तेजित नहुन सुझाव दिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ