रोड्रिग्वेज, विलियन र कलुम हड्सन ओडोईले जिताए सहजै चेल्सीलाई
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
524
Shares
काठमाडौं । युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले युक्रेनी क्लब डायनामो किभमाथि सहज जित निकालेको छ ।
युरोपा लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले ३–० को सहज जित निकालेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज, विलियन र कलुम हड्सन ओडोईले गोल गरे ।
एकपक्षीय बनेको खेलमा चेल्सीले १७औं मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
६५औं मिनेटमा विलियनले फ्रिकिकमा दर्शनीय गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो ।
९०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।