arrow

प्रदेशको ६ सय मत गन्दा को–काे अगाडी ? (सूची सहित)

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
cong-new.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको केन्द्रीय सदस्य खुला र प्रदेश तर्फको मत गणना जारी छ । प्रदेशको ६ सय मत गणना गर्दा प्रदेश १ मा गुरुराज घिमिरे र भिष्मराज आङदम्बे अघि छन् । गुरुराजले २ सय ६५ मत ल्याउँदा भिष्मराजले २ सय ३० मत पाएका छन् । यस्तै अमृत अर्यालले २ सय ७ मत ल्याएका छन् । 
 
यस्तै, प्रदेश २ मा आनन्द प्रसाद ढुंगाना र रमेश रिजालले अग्रता लिएका छन् । ढुंगानाले २ सय ८८ र रिजालले २ सय ६९ मत पाएका छन् । यस्तै, तेजुलाल चौधरीले २ सय २९ मत पाएका छन् । 
 
प्रदेश ३ मा नविन्द्र राज जोशी र मोहन बहादुर बस्नेत अघि छन् । जोशीले २ सय ४८ र बस्नेतले २ सय ६ मत पाएका छन् ।  प्रदेश ४ मा गोविन्द भट्टराई र देवराज चालिसे अघि छन् । भट्टराईले २ सय ४० र चालिसेले २ सय २६ मत पाएका छन् । 
 
यसैगरी, प्रदेश ५ मा दिपक गिरी र देवेन्द्र राज कडेंल अघि छन् । गिरीले २ सय ८६ र कडेंलले २ सय ५९ मत ल्याएका छन् । भरत कुमार शाहले २ सय २८ मत पाएका छन् ।  प्रदेश ६ मा हृदयराम थानी अगाडी छन्। उनले ३२५ मत ल्याएका छन्।  जीवन बहादुर शाहीले २ सय ८८ मत ल्याएर दोस्रो स्थानमा छन्।  गोपाल जी जंग शाहले २ सय ६३ मत पाएका छन् । अर्का उम्मेद्वार दिनबन्दु श्रेष्ठले २ सय २८ मत ल्याएका छन् । 
 
प्रदेश ७ मा दिलेन्द्र प्रसाद बडु र बिर बहादुर बलायर अघि छन् । बडुले ३ सय ७ र बलायरले २ सय ७४ मत ल्याएका छन् । बडु रामचन्द्र पौडेल पक्षधर हुन् भने बलायर देउवा पक्षका हुन् । सात प्रदेशको १४ सिका लागि ६७ जना चुनावी प्रतिस्पर्धामा छन् । 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ