arrow

भारतमा लडाकू जेट मिग—२१ विमान दुर्घटना

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
mig-21-crashes.jpg

नयाँ दिल्ली। भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ। भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन्।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ। विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ