arrow

एमाओवादी सांसद ल्यारक्याल लामा प्रहरी नियन्त्रणमा, बैँक लकरमा १४ थान गोली भेटियो

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
laharcal-lama.jpg.jpeg
काठमाडौ । एकीकृत माओवादी सांसद ल्यारक्याल लामाको नेपाल इनभेष्टमेन्ट बैंकमा रहेको लकरमा गोली भेटिएको छ । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक गर्दा १४ थान थोली भेटिएको अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले बताएका छन् । 
 
 झलनाथ खनाल प्रधानमन्त्री हुदा अर्थराज्यमन्त्रीको जिम्मा पाएका लामाले दोहोरो नागरिकता र राहदानी भेटिएपछि मन्त्रीपदबाट राजीनामा दिएका थिए। खनालसँग उनको व्यापारिक साझेदारी समेत थियो । पछि उनी एकिकृत माओवादीमा गएपछी अध्यक्ष दाहालले सांसद मनोनयनका लागि सिफारिस गरेका थिए । उनलाई सांसद वनाएपछि दाहालको पार्टीभित्र निकै आलोचना भएको थियो । अघिल्लो संविधानसभा निर्वाचनपछी भरतमोहन अधिकारी, अमृत बोहराको माध्यमबाट एमाले सभासद भएका थिए। 
 
लामाले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारको छानबिन घेरामा थिए । छानबिनका क्रममा लामालाई बैंकमा गएर लकर खोल्न लगाउदा सुनचाँदी राख्ने ठाँउमा १४ थान गोली भेटिएको हो । गोली भेटिएपछि अख्तियार टोलीले लामालाई नियन्त्रणमा लिई दरबारमार्ग प्रहरीलाई  बुझाएको छ । लामा हातहतियार तथा खरखजाना मुद्दाको कारबाहीका भागिदार भएका छन् ।खुमबहादुर खड्का स्थानीय विकासमन्त्री हुदाँ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष भएका लामाले सोताका निकै अनियमितता गरेको बताइन्छ ।
 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ