arrow

ट्रम्पको उत्तर कोरिया नीति कत्तिको सफल ?

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार

एजेन्सी। केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन नेता किम जोन उनको बीचमा भियतनामको राजधानी सहर हानोईमा भेटवार्ता भयो। यो भेटपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा नयाँ आयाम आउने अनुमान थियो।

तर, यो भेटमा अनुमान गरिएअनुसारको नतिजा भने हासिल हुन सकेन। हानोईमा भएको यो सम्मेलनमा दुई मुलुकको बीचमा  निशस्त्रीकरणको सम्झौता हुने अपेक्षा थियो। अपेक्षाविपरीत यो सम्मेलनमा कुनै पनि सम्झौता हुन सकेन र पूरा वार्ता पनि नसकी ट्रम्प फर्किए। यसले सिंगापुर सम्मेलनको तुलनामा यो सम्मेलन केही फिका रहेको स्पष्ट देखिएको छ।

यसअघिको सम्मेलनले मिसाइल तथा न्युक्लियर कार्यक्रमबाट विश्वलाई भयको अवस्था सृजना गरेको उत्तर कोरियालाई यसअघिको सम्मेलनले वार्तामा ल्याउँदै उसको कार्यक्रम रोक्नका लागि सहयोग गरेको थियो। हानोईमा भएको सम्मेलनले यसलाई स्थायी रुप दिने अनुमान थियो। हानोई सम्मेलनपछि भने अमेरिका र उत्तर कोरियाको सम्बन्धमा थप चिसोपना आएको देख्न सकिन्छ।

सम्मेलन सकिएको सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले पुनः आफ्नो स्याटेलाइट प्रक्षेपणस्थल पुनर्निर्माणको काम शुरु गरेको देखिएको छ। यसले भने निशस्त्रीकरणको वार्ता उल्टो दिशामा बढेको देख्न सकिन्छ। यसअघि दोस्रो सम्मेलनपूर्व दुई मुलुकबीच वार्ता नियमित रहने बताइएको थियो। तर, दोस्रो सम्मेलनसम्म आइपुग्दा भने अपेक्षा गरिएअनुसारको प्रगति हुन सकेन। 

उत्तर कोरिया आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकासँग आग्रह गर्दै आएको छ तर अमेरिकाले भने उसको आग्रह वेवास्ता गर्दै आएको छ। यो मामिलाले नै दुई मुलुकको सम्बन्धमा कटुता आएको संकेत किम जोन उनले दिएका छन्। उनले वार्ता हुनुभन्दा अगाडि उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा गरिनुपर्ने माग गरेका थिए।

उनले सिंगापुर वार्ताको लामो समय भइसक्दा पनि अमेरिकाले प्रतिबन्ध फुकुवा नगरेको भन्दै अमेरिकाको आलोचना गरेका थिए। अमेरिकाले उत्तर कोरियालाई समृद्धिको सपना देखाउँदै आणविक हतियार त्याग्न लगाउने पक्षमा छ। तर, भयावह अवस्थाको समाधान नगरी अमेरिकाको दुखेको नशा नछाड्ने मनस्थितिमा उत्तर कोरिया छ। यो अवस्थाबाट पार पाउन नसकेको खण्डमा आगामी दिनमा उत्तर कोरियाको निशस्त्रीकरण प्रभावित बन्नसक्ने देखिन्छ।

उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने ट्रम्पको नीति सराहनीय छ। यसअघिका अमेरिकी नेतृत्वकर्ताले यो काम गर्न नसकेकोमा उनले उत्तर कोरियालाई दुई पटक वार्तामा ल्याउन सफल पनि भए। परराष्ट्रविदहरुले  यसलाई ठूलो उपलव्दिको रुपमा पनि हेरेका छन्। किनकी ट्रम्पले दुई चोटीको वार्ता गरेर उत्तर कोरियाको नारी छाम्ने काम गरेको बताउदछन्।

तर, ट्रम्पले निशस्त्रीकरण प्रक्रियालाई टुग्गोमा पुर्‍याउने कार्यमा भने चुकेका छन्। अमेरिकाले उत्तर कोरियालाई एकतर्फी रुपमा निशस्त्रीकरणका लागि बाध्य पार्ने दवाब दिदैगर्दा यसले विपरीत नतिजा पनि आउनसक्नेमा विश्व समुदाय चनाखो भएर नियाली रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ