वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष गुरुङको घरमा विस्फोट
रासस,
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
601
Shares
काठमाडौं। बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले विस्फोट गरेको छ। आज साँझ भएको विस्फोटबाट घरमा आगो लागेको छ। आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए। घटनाको नेपाली सेनाको विज्ञटोलीले अनुसन्धान शुरु गरेको जनाइएको छ।