कोहलीको ४१ औं शतक खेर गयो, अष्ट्रेलियाले हरायो भारतलाई
प्रकाशित २०७५ फागुन २५ शनिबार
335
Shares
काठमाडौं । एक दिवसीयमा कप्तान विराट कोहलीको सानदार शतकका बाबजुद भारत अष्ट्रेलियासँग तेस्रो एक दिवसीय क्रिकेटमा ३२ रनले पराजित भएको छ ।
३१४ रनको विशाल लक्ष्य पछ्याएको भारत ४८.२ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटियो ।
कोहलीले करियरको ४१ औं शतक प्रहार गरेपनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा भारत पराजित हुन पुग्यो । कोहलीले ९५ बलमा १ छक्का र १६ चौका प्रहार गर्दै १२३ रन बनाए पनि जित हासिल भएन ।
भारतको सुरुवातनै खराब रह्यो । ओपनर शिखर धवन १, रोहित शर्मा १४ र आम्बाती रायडू २ रनमा आउट भएपछि ६.२ ओभरमा २७.३ को कमजोर अवस्थामा पुगेको थियो ।
एडम जाम्पा, प्याट कमिन्स र झेय रिचड्सनले समान ३ विकेट लिदा नाथन लायनको नाममा १ विकेट रह्यो ।
त्यसअघि राँचीमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो । ओपनर उस्मान ख्वाजाले पहिलो शतक प्रहार गर्ने क्रममा ११३ बलमा १०४ रनको महत्वपूर्ण योगदान दिए ।
त्यस्तै करियरको १२ औं शतक बनाउन ७ रनले चुकेका कप्तान आरोन फिन्चले ९९ बलमा ३ छक्का र १० चौका प्रहार गर्दै ९३ रन बटुले ।
भारतका लागि कुलदिप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
यो नतिजासँगै पाँच खेलको श्रृंखलामा भारत २–१ को अवस्थामा पुगेको छ । यसअघि भारत ६ विकेट र ८ रनले विजयी भएको थियो । चौथो खेल आइतबार चन्डीगढमा हुनेछ ।