arrow

रोनाल्डोको युभेन्टसद्धारा गोलको बर्षा 

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
juventus3.jpg

काठमाडौं । पोर्चुगिच स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै इटालियन फुटबल क्लब युभेन्टसले सिरी ए मा शानदार जित निकालेको छ । युभेन्टसले शुक्रबार राति उडिनेसलाई ४–१ ले पराजित गरेको छ ।

Young striker Moise Keane struck twice to help Juventus beat Udinese in Serie A

युभेन्टसको जितमा टिनएज खेलाडी मोइस किनले दुई गोल गरे । खेलको ११ औं मिनेटमा एलेक्स स्यान्ड्रोको क्रसलाई गोलमा परिणत गर्दै किनले अग्रता दिलाएका थिए । 

Emre Can's second-half penalty ensured that the old lady would remain unbeaten in Serie A

३९ औं मिनेटमा उनले एकल प्रयासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । किनले नै ६६ औं मिनेटमा युभेन्टसको लागि पेनाल्टी प्राप्त गरे । उक्त पेनाल्टीलाई एमरे च्यानले गोलमा परिणत गर्दै जिततर्फ लम्काए । Having put the hosts ahead early on, Keane doubled the lead after 39 minutes with a low shot

ब्लेस माटुइडीले ७१ औं मिनेटमा हेडरमार्फत गोल गरेपछि युभेन्टसको अपराजित यात्रा कायम रहने पक्का भएको थियो । उडीनेसका लागि खेलको ६ मिनेट समय बाँकी रहँदा केभीन लासाग्नाले सान्त्वना गोल गरे ।

Blaise Matuidi's second-half goal ensured Juve scored four for the first time this season

रोनाल्डोले यस सिजन पहिलो पटक युभेन्टसको लागि विश्राम पाएका हुन् । सन् २०११ यता सबै लिग उपाधि जितेको युभेन्टसले अपराजित यात्रा कायम गर्दै लिगको शीर्ष स्थानमा १९ अंकको अग्रता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ