arrow

आइएसमा जान बेलायत छोडेकी १९ वर्षे शमिमाको शिशुको मृत्यु

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
shamima-begum-is.jpg

काठमाडौं । विश्वलाई नै टाउको दुखाइ बनेको विद्रोही संगठन इस्लामिक स्टेट आइएसमा सामेल हुनका लागि बेलायत छाडेकी १९ वर्षे शमिमा बेगमको नवजात शिशुको मृत्यु भएको छ । 

आइएसमै सामेल हुनका लागि बेलायत छाडेपछि शमिमा एकाएक चर्चामा थिइन् । बेगमले तेस्रो सन्तानको रुपमा छोरा जन्माएकी थिइन् । 

Former ISIS wife Shalimar Begum photographed in a Syrian refugee camp during an interview with BBC Middle East Correspondent Quentin Somerville.

सिरियन डेमोक्र्याटिक फोर्सका प्रवक्ताले बीबीसीलाई बताए अनुसार बेगमका छोराको जन्मेको ३ हप्ता नहुँदै ज्यान गएको हो । किशोर किशोरीका लागि शिविर सञ्चालन गर्दै आएको समूहले शुक्रबार बच्चाको मृत्यु बिहीबार भएको पुष्टि गरेको हो ।

बच्चाको मृत्यु निमोनियाका कारण भएको समेत बीबीसीले बताएको छ । 

बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो ।

उनी बेलायत फर्कन चाहन्छिन् तर उनको नागरिकता खोसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ