arrow

भारतले लगायो प्लास्टिक आयातमा प्रतिबन्ध

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २५ शनिबार
plastic.png

काठमाडौं । भारतले प्लास्टिक आयातमा प्रतिबन्धको निर्णय गरेको छ । वातावरणीय सुधारको लागि भारतले यस्तो योजना अघि सारेको हो । विश्वको सबैभन्दा ठूलो प्लास्टिक आयातकर्ता चीनले गत वर्ष पश्चिमी मुलुकमाथि प्रतिबन्ध लगाएसँगै भारतले पनि त्यसलाई पछ्याउँदै प्रतिबन्धको निर्णय गरेको हो  

अहिले ल्याइएको योजनाले आगामी दिनमा फोहोर उत्पादन र पुनप्रयोगको क्षमताबीचको अन्तर पूरा गर्ने अनुमान विश्लेषकको अनुमान छ । प्रत्येक वर्ष भारतमा २६  हजार टन प्लास्टिक उत्पादन हुने गर्छ ।

भारतको वातावरण मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार प्लास्टिक आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । वातावरणीय प्रदूषण कम गर्दै सन्तुलित विकासको लागि यस्तोे योजना ल्याइएको अधिकारीहरुले बताएका छन् । 

सन् २०२२ सम्म भारत एकपटक मात्र प्रयोग हुने प्लास्टिकमा रोक लगाउने पक्षमा छ । 

बेलायत, जर्मनी, जापान र मेक्सिकोले प्रतिबन्ध लाग्नुअघि चीनमा अत्यधिक मात्रामा प्लास्टिक निर्यात गर्ने गर्थे तर त्यसपछि भारतमा उनीहरुको प्लास्टिक निर्यात बढेको थियो । बेलायतले अत्यधिकरुपमा मलेसिया प्लास्टिक निर्यात गर्ने गरेको छ । 

त्यसैगरी भियतनाम र थाइल्याण्डमा हुने प्लास्टिक निर्यात पनि बढेको छ । गत वर्ष चीनले विदेशी फोहोर मुलुकमा भित्रिन नदिने भन्दै प्लास्टिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ