arrow

भाजपाको निर्णय : जित्ने उम्मेदवारलाई मात्रै टिकट, उम्मेदवारको उमेरहद !

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
bjp-logo.jpg

काठमाडौं । भारतीय जनता पार्टीको संसदीय बोर्डको म्याराथन बैठक बसेको छ । आगामी लोकसभा चुनावको तयारीको लागि पार्टीको संसदीय बोर्डको बैठक बसेको भारतीय जनता पार्टीले जनाएको छ । बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टी अध्यक्ष अमित शाह, केन्द्रीय मन्त्रीहरु अरुण जेटली, सुषमा स्वराज, राजनाथ सिंह, थावरचन्द गहलोत, जेपी नड्डा तथा पार्टी उपाध्यक्ष शिवराज सिंह चौहान सहित बीजेपी कैंयौं वरिष्ठ नेताहरुको उपस्थिति थियो । 

झण्डै ३ घण्टा बसेको बैठकको निर्णय आधिकारिक रुपमा घोषणा त गरिएको छैन । यद्यपि बोर्ड बैठकमा राज्यसभा सदस्यहरुलाई समेत आवश्यक परेमा चुनाव लडाउने बारे सहमति बनेको बताईएको छ । पार्टीले उम्मेदवारको उमेर सीमा तय गर्न सक्ने निर्णय समेत गरेको पनि भारतीय जनता पार्टीका नेताहरुले बताएका छन् । पार्टीका एक वरिष्ठ नेताले बताए अनुसार लोकसभा चुनावमा प्रत्याशीहरु चयन गर्ने मापदण्ड नै उसले चुनाव जित्ने सम्भावनाको आधारमा गरिने बताईएको छ । 

साथै बै‌ठकले पार्टी झारखण्डमा रहेको अल इन्डिया झारखण्ड स्‍टूडेन्ट यूनियन ९एजेएसयू० को साथमा मिलेर चुनाव लड्ने निर्णय समेत गरेको छ । पार्टीका महासचिव भूपेन्द्र यादवले झारखण्डको १४ सिटमा १३ लोकसभा सीटमा बीजेपी र एक सीटमा एजेएसयूले आफ्नो उम्मेदवार उठाउने छ । अहिले झारखण्डमा बीजेपीकै सरकार रहेको छ । पार्टी २०१४ को जादू दोहोर्याउन चाहन्छ । २०१४ लोकसभा चुनावमा बीजेपीलाई १२ सीटमा जीत मिलेको थियो। 

बीजेपी संसदीय बोर्डको यो बैठक यस्तो समयमा भएको छ कि जब बीजेपी तथा कांग्रेस समेत सम्पूर्ण विपक्षीहरु बालाकोटमा आतंककारी विरुद्ध वायुसेनाले गरेको एयर स्ट्राइकलाई लिएर आरोप(प्रत्यारोपमा उत्रिएका छन् । अहिले कांग्रेसले लोकसभा चुनावको लागि आफ्ना उम्मेदवारहरुको पहिलो लिस्ट जारी गरिसकेको छ । चुनाव आयोगले केही दिनमा नै चुनावको मिति तय गर्ने तयारी गरिरहेको छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ