arrow

चीनको बीआरआईमा सहभागी हुँदै इटाली

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २५ शनिबार
china-obori.jpg

काठमाडौं । चीनको महत्वाकांक्षी योजना वान बेल्ट, वान रोड (ओबीओआर)को योजनामा इटाली सहभागी हुने भएको छ । इटालीले चीनको यो योजनामा सहभागी हुने विषयमा छलफल चलिरहेको बताएको हो । 

इटालीको यो कदमले अमेरिकी अधिकारी र युरोपियन युनियन (ईयू)का नेताको चिन्ता बढ्नसक्ने बताइएको छ । 

इटालीले यसमा सहभागी हुने निर्णय गरेको खण्डमा चीनलाई भने निकै फाइदा पुग्नेछ । यसको सहयोगमा चीन आफ्नो आर्थिक प्रभाव विश्वभर विस्तारको लागि सहयोग पुग्नेछ । 

इटालीको आर्थिक विकास मन्त्री मिशेल जेराचीले बुधवार यो योजनामा सहभागी हुनका लागि चीनसँग सम्झौता भइसकेको र चिनियाँ राष्ट्रपति सि चिनफिङको इटाली भ्रमणको क्रममा यसमा हस्ताक्षर हुने बताइएको छ । 

इटालीको वार्ता टोलीका प्रमुख वार्ताकारले यो योजनामा सामेल हुने शतप्रतिशत निश्चित भएको बताए । यदि चीनसँग यो सम्झौता भए चीनको यो योजनामा सहभागी हुने जी७ को पहिलो मुलुक हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ