arrow

तीन कम्पनीका शेयर सूचीकृत

logo
रासस,
प्रकाशित २०७५ फागुन २५ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg

काठमाडौं। धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन्। यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांशसमेत सूचीकृत भएको छ।

स्टकका अनुसार यस साता कूल १७६ कम्पनीको शेयर कारोवार भएको छ। बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम शीर्षस्थानमा रहेको छ। टेलिकमको रु एक खर्ब दुई अर्ब ६० करोड बराबर रहेको छ। यस्तै नबिल बैंक लिमिटेडको बजार पूँजीकरण रु ५५ अर्ब ३० करोड ५५ लाख ८५ हजार २०० रहेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ४८ अर्ब ८० करोड ५९ लाख सात हजार ४६० बराबरको बजार पूँजीकरण रहेको छ। साताको पहिलो दिन एक हजार एक सय दशमलव ५८ विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् गत बिहीबार २७ विन्दुले बढेर एक हजार १२७.७७ विन्दुमा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.८४ विन्दुले बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ