arrow

एयर स्ट्राईकको विरोध गरेको भन्दै विहार काँग्रेसका प्रवक्ताले दिए राजीनामा

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
VinodSharma.jpg

नयाँ दिल्ली । एयर स्ट्राईकको विरोध गरेको भन्दै काँग्रेसका एक नेताले राजीनामा दिएका छन्। बिहार कांग्रेसका एक वरिष्ठ नेताले पार्टी नेतृत्वले एयर स्ट्राईकको विरोध गरेको भन्दै पार्टीबाट राजीनामा दिएका हुन् । 

भारतीय वायुसेनाद्वारा पाकिस्तानमा गएर बालाकोट स्थित जैश ए मोहम्मदको क्याम्पमा एयर स्ट्राइक पछि देशमा राजनीतिक उतारचढाव बढ्दै गएको छ । कांग्रेसका कैयौं नेताहरु सेनाको एयरस्ट्राईकको बारेमा प्रश्न उठाएपछि त्यसको बारेमा सामाजिक सञ्जालका साथ-साथ बाहिर समेत आलोचना भइरहेको छ ।

केही दिन पहिले नै काँग्रेस नेता कपिल सिब्बलले भनेका थिए कि मलाई त्यतिबेला मात्रै चैन आउँछ र म त्यतिबेला मात्रै यो विश्वास गर्न सक्छु यस बारे जतिबेला ती आतंककारीको लास देखिन्छ । त्यस्तै अभिव्यक्ति कांग्रेस नेता नवजोत सिंह सिद्धूले पनि ट्वीटमार्फत बताएका थिए ।

कांग्रेस नेताहरुको यस्तो धेरै बयानबाजीबाट दुखि भएर बिहार कांग्रेसका प्रवक्ता विनोद शर्माले पार्टीबाट राजीनामा दिएका हुन् । मिडियासँगको छलफलमा विनोद शर्माले भनेका छन् कि, 'एयर स्ट्राईकबारे सेनाबाट आतंककारी सूची माग्नु यो निश्चित रूपले दुर्भाग्यपूर्ण कुरा हो ।

कुनैपनि देशको राजनीतिक पार्टीका लागि यस तरहको कुरा जायज होइन ।' उनले १००० किलोको बम खसाल्दा कुनैपनि आतंककारीको नामनिशाना नहरने भन्दै त्यो माग्नु नै गलत हुने उनको बुझाइ छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ