arrow

भेष बदलेर हिँडेका निरव मोदी युकेमा भेटिए, अदालत पुग्यो मुद्दा

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
nirav-modi.jpg

नयाँ दिल्ली। पञ्जाव नेशनल बैंकको १३ हजार करोड रुपैयाँ घोटाला गरेर बेलायत भागेका हिरा कारोबारी निरव मोदी भेष बदलेको स्थितिमा भेटिएका छन् । ब्रिटिस अखवार द टेलिग्राफका एक पत्रकारले बेलायतको सडकमा भेष बदलेर हिँडिरहेको अवस्थामा भेटेका हुन् । 

उनले निरवसँग दुई मिनेटसम्म छलफल गर्ने प्रयास समेत गरेका छन् । तर, उनले सोधेका सबै प्रश्नहरुमा मोदीले नो कमेन्ट मात्रै भनेका छन् कुनैपनि प्रश्नको उत्तर दिएका छैनन् । यो विषय बाहिर आएपछि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नीरव मोदीका प्रत्यर्पणको मामला अघि बढेको जानकारी दिएका छन् । मोदीलाई भारत पठाउनको लागि प्रक्रिया अदालत पुगेको जानकारी त्यहाँका गृहमन्त्रीलेदिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ 

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बताए कि यूकेले भारतको आग्रहमाथि अहिलेसम्म कोई जवाफ दिएका छैनन् । यद्यपि उनको प्रक्रिया अघि बढेको जानकारी भने आएको उनले बताए । नीरव मोदीले अहिले आफ्ना मामा मेहुल चोकसीको साथ मिलेर पञ्जाब नैशनल बैंकको १३ हजार करोड रुपैयाँ घोषणा गरेका छन्। 

प्रवर्तन निदेशालय (ईडी)का अनुसार यूकेबाट नीरव मोदीलाई भारत प्रत्यर्पित गर्नको लागि गरिएको आग्रह पछिल्लो वर्ष जुलाईमा नै प्राप्त भएको थियो। ईडीले भने कि, 'यूकेका गृह मन्त्रालयको सेन्ट्रल अथोरिटीले प्रत्यर्पणको आग्रह थप प्रक्रियाको कार्यवाहीको लागि जिल्ला अदालतमा पठाइएको छ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ