arrow

महंगा सावित भए सन्दीप लामिछाने 

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
Sandeep-lamichhane.jpg

काठमाडौं । पाकिस्तानी सुपर लिग पीएसएल क्रिकेटमा नेपाली स्पीन बलर सन्दीप लामिछाने महंगा सावित भएका छन् । लाहोर कलन्दरका सन्दीप महंगा सावित भएपछि शनिबार राति भएको खेलमा इस्लामाबाद युनाइटेडले ४९ रनले हरायो । 

टस हारेर पहिला ब्याटिङ गरको इस्लामाबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । केमरन डेलपोर्टले विस्फोट ब्याटिङ गर्दै ११७ रनको योगदान दिए । उनले ६० बलमा १३ चौका र ६ छक्काको सहयोगले यो योगफल बनाएका हुन् । 

असिफ अलीले २१ बलमा ५१ रनको योगदान दिए । त्यस्तै चाड्विक वाल्टनले ३० बलमा ४८ रन बनाए । लाहोरका लागि साहीन अफ्रिदीले ४ ओभर बलिङ गर्दै एक विकेट लिएर ६२ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले ४ ओभरमा ४६ रन खर्चिएर एक विकेट लिए । डेभिड विसेले ४ ओभरमा ४४ रन खर्चिँदै एक विकेट लिए । 

२३९ रनको विशाल लक्ष्य पाएको लाहोर कलन्दर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन मात्र बनायो । सोहेल अख्तरले ३४ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७५ रन बनाए पनि टिमको उद्दार गर्न सकेनन् । त्यस्तै कप्तान फखर जमानले ३८ रन बनाए । 

इस्लामाबाद युनाइटेडका फहीम अश्रफले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्रै १९ रन खर्चिँदै ६ विकेट लिए । 

 यो हारले लाहोरको प्लेअफ सम्भावना कमजोर बनेको छ । लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानलाई जितेरमात्र पुग्नेछैन सुहाउँदो नतिजा अन्य टिमले पनि ल्याइदिनु पर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ