-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी फेरि पनि उपाधिको बाटोमा अगाडि लागेको छ ।

सिटीले शनिबार रातिको खेलमा वाटफोर्डलाई हराउँदै दोस्रो स्थानको लिभरपुलको भन्दा ४ अंकले अग्रता लिएको छ ।
म्यान्चेस्टर सिटीले वाटफोर्डलाई ३–१ ले हरायो । सिटीका लागि रहिम स्टर्लिङले ह्याट्रिक पुरा गरेका छन् ।

रहिमले ४६ औं, ५० औं र ५९ औं मिनेटमा गोल गरेका थिए ।

निरिह भएको वाटफोर्डका जेरार्ड डेउलोफेउले सान्त्वना गोल फर्काए ।

सिटीको ३० खेलबाट ७४ अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलले १ खेल कम खेल्दै ७० अंकमा छ ।