arrow

इंगलिश प्रिमियर लिगका सात खेल २३ गोल

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
tottenham2.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ७ खेल भएका छन् । सबै खेलमा जित हारको फैसला भएको छ । 

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले वाटफोर्डलाई ३–१ ले हरायो । सिटीका लागि रहिम स्टर्लिङले ह्याट्रिक पुरा गरे । निरिह भएको वाटफोर्डका जेरार्ड डेउलोफेउले सान्त्वना गोल फर्काए । 

Raheem Sterling took a David Silva pass inside the box, then he cut inside before clipping the ball home for his hat-trick

ब्राइटन एन्ड होभ आल्बियनले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । ग्लेन मुर्रे र एन्थोनी नकएर्टले गोल गरे । क्रिस्टलका लुका मिल्भोजेभिकले गोल फर्काए । 

कार्डिफ सिटीले वेष्ट ह्यामलाई २–० ले हरायो । जुनियर होल्लेट र भिक्टर कामारासाले १–१ गोल गरे । 

बर्नमाउथले हडर्सफिल्ड टाउनलाई २–० ले हरायो । कालुम विल्सन र रायन फ्रासेरले गोल गरे । 

लेस्टर सिटीले फुल्हमलाई ३–१ ले हरायो । जमाइ भार्डीले २ तथा यौरी टाइलेमान्सले १ गोल गरे । फुल्हमका फ्लोइड आइतेले १ गोल फर्काए । 

न्युकासल युनाइटेडले एभर्टनलाई ३–२ ले हरायो । आयोजी पेरेजले २ तथा सालोमोन रन्डनले १ गोल गर्दै न्युकासललाई जिताए । डोमिनिक काल्भर्ट लेविन र रिचार्लसनले गोल गर्दै २–० ले अग्रता दिलाए पनि एभर्टनलाई जिताउन सकेनन् । 

साउथह्याम्पटनले टोटनह्यामलाई २–१ ले हरायो । कुनै समय उपाधिको होडमा रहेको टोटनह्याम कमजोर बनेको छ । 

Southampton came from behind to beat Tottenham Hotspur and claim a big three points in the Premier League on Saturday

यान भालेरी र जेम्स वार्ड प्रोजले गोल गर्दै साउथह्याम्पटनलाई जिताए । टोटनह्यामका ह्यारी केनले सुरुवाती अग्रता दिलाए पनि टिमलाई जिताउन सकेनन् । 

Harry Kane had given Tottenham the lead midway through a first half in which the visitors were thoroughly dominant
अंक तालिकामा म्यान्चेस्टर सिटीको ३० खेलबाट ७४ अंक छ । दोस्रो स्थानको लिभरपुलले १ खेल कम खेल्दै ७० अंकमा छ । 

टोटनह्याम ६१ अंकबाट तेस्रो स्थानमा छ र चौथो स्थानको म्यान्चेस्टर युनाइटेडको ५८, आर्सनलको ५७ र चेल्सीको ५६ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ