arrow

सवारी किन्नमै सरकारले बजेट स्वाहा पार्ने भयो, एउटै बाइकको ४६ लाख ६० हजार

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
sawari-ko-purba-abhyas.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपतिलाई निकै सुसज्जित बनाउने प्रयासलाई अझ बढी मलजल गरेको छ । महंगो हेलिकोप्टर र महंगो गाडी उपलब्ध गराएको सरकारले राष्ट्रपतिको सवारीमा १३ वटा महंगा कारगेड मोटरसाइकल पनि उपलब्ध गराएको छ ।

उच्चपदस्थ अधिकारीहरु सुविधाभोगी हुँदै गएको प्रति चर्को आलोचना भए पनि सवारी खरिद गर्न सरकार रोकिएको छैन । 

राष्ट्रपतिका लागि १३, प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका लागि ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् ।

भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ। 

खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ। प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ।

 ‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ। त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँबराबरको हेलिकोप्टर र डेढ करोडको कार किन्ने प्रसंगले राष्ट्रपतिलाई आलोचित बनाए पनि फेरि कारगेडको प्रसंगले थप चर्चा बनेको छ । 

राष्ट्रपति पदलाई देश सुहाउँदो बनाउनु पर्ने चर्चा चलिरहँदा सुविधाभागी बन्दा जताततै आलोचना भइरहेको छ । 

आखिर सरकार सवारीमा जोड किन दिइरहेको छ भन्ने विषय पनि महत्वपूर्ण बन्दै गएको छ । कमिशनका कारण नयाँ नयाँ सवारीका लागि सबैका आँखा गएका त हैनन् भन्ने विषय पनि पेचिलो बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ