arrow

नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २६ आइतबार
NATO-country.png

वार्सा। उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गरेका छन्। वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उनले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताएका हुन्। युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको प्रतिस्थापन गर्ने भने होइन बरु अरु थप सहयोगको मात्रा बढाउने हो, उनले भने।

यो दुवै खर्च नै नेटोका लागि आवश्यक रहेको उनले सो अवसरमा बताएका थिए। उनले हाल नेटोका लागि रक्षा खर्चमा कमी आएको बताउदै कमी भएको खर्चका लागि आवश्यक रकम युरोपका देशले बढाउनुपर्नेमा जोड दिए। पछिल्लो समय ती देशले नेटोको संरचना निर्माण, आधारभूत अन्य आवश्यकता पूरा गर्ने काममा लिएको अग्रसरताप्रति भने महासचिव स्टोल्टनबर्गले प्रसंशा गरे।

रक्षा खर्चको कोष निर्माणका लागि पनि युरोपका देशले राम्रो अग्रसरता लिएको र यसले आगामी दिनमा नेटोको रक्षा खर्चको दिगोपनाका लागि सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गरे। उक्त सम्मेलनमा रक्षासम्बन्धी सत्रमा उनले सम्बोधन गरेका थिए। महासचिव स्टोल्टनबगसँगै सो सत्रमा जर्मनीका रक्षामन्त्री पनि सहभागी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ