arrow

स्याङ्जामा हट एयर बेलुन आकर्षण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन २६ आइतबार
hot-air-ballon.jpg

स्याङजा ।  स्याङ्जाको भीरकोटमा जारी तेस्रो बयरघारी रमाईलो मेलामा हट एयर बेलुन आकर्षणको रुपमा रहेको छ । टेलिभिजनहरुमा मात्रै देख्न पाएका स्याङ्जावासीका लागि यो नौलो नै हो । प्याराग्लाइडिङको हबका रुपमा परिचित स्याङ्जा हट एयरका लागि पनि अर्को हवाई खेल हुन सक्ने अध्ययन पनि गरिएको छ । जती हवाई खेलका परीकार खेल्न वा अनुभव गर्न पाईन्छ त्यत्ती मज्जा सहासीक खेलाडी, दर्शक वा यात्रुलाई हुने गर्दछ ।

पर्यटन प्रवद्धन गर्ने उदेश्यले आयोजना गरिएको रमाईलो मेलामा हट एयर बेलुन मार्फत यसको सम्भावना र चुनौतीको अध्ययन गरिएको आयोजकले जनाएको छ । तर जिल्लामा नै पहिलोपटक हट एयर बेलुनको उडान भने नौलो हो । हट एअर बेलुन उडानको परिक्षण सहित संभावना अध्यायन भिरकोटमा गरिएको छ ।

रमाईलो मेला—२०७५ मा यसको मज्जा लिने दर्शकको चहाना र आँधिखोलाको तिरमा संभावनाको अध्यायन गरिएको आँधिखोला पिस युथ क्लबका अध्यक्ष राजकुमार गुरुङले बताए । उनले भने , ‘बिदेशी समुन्द्रमा खेलाईने यो खेल टिभीमा मात्र हेरेका थियौं अहिले रमाईलो मेलामा चढ्ने व्यवस्था समेत मिलाएका छौँ । ’ प्रति व्याक्ती ८ हजार लाग्ने यस खेलमा महोत्सब अबधीमा ३ हजारमा उडान भर्ने व्यवस्था मिलाइएको आयोजक क्लबले बताएको छ । एक पटकमा ८ जना चढ्न उड्न सकिने हट एयर बेलुनमा सुरक्षाको दृष्टिकोणले हालमा ५ जनालाई उडाईएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्याराग्लाइडिङको मज्जा लिइरहेका स्याङ्जावासीलाई यसको मज्जा लिने अवसर रमाईलो मेलाले जुटाएको भीरकोट उद्योग वाणिज्य संघका महासचिव नुवादत्त अर्यालले बताए । हेलिकप्टरमा चढे जस्तै मज्जा आउने रहेछ उडानमा सहभागी भएका अर्यालले भने,“पर्यटन प्रवद्र्धनमा यो बेलुन पनि साहासिक खेल रहेछ ।” अब आउने दोस्रो भीरकोट महोत्सवमा संघले पनि आर्कषणको रुपमा राख्ने छ अर्यालले भने ।

२ सय स्टल रहेको मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्रि, कृषि उपजको प्रदर्शनी तथा विक्रि, हस्तकला प्रर्दशनी , रत्यौली गित , बिद्यालय स्तरीय नृत्य र कुस्ती प्रतियोगिता यस मेलाको आकर्षण बनेको छ ।  ८० लाख खर्च लाग्ने अनुमान गरीएको मेलामा १ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । २० लाख बचत गर्ने आयोजकको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ