arrow

आक्रमणमा परी म्यानमारमा नौ प्रहरी मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७५ फागुन २६ आइतबार
myanmar.JPG

याङ्गुन। प्रहरी कार्यालयमा भएको आक्रमणमा परी म्यानमारमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ। म्यानमारको राखिन राज्य अन्तर्गत पर्ने पोन्नाग्युनमा रहेको प्रहरी कार्यालयमा शनिबार आक्रमण भएको अधिकारीले आइतबार जनाएका छन्।

स्थानीय समयानुसार बिहान ११.२० मा भएको यस आक्रमणमा परी अरु दुई जना घाइते भएका प्रहरीको भनाइ छ। उक्त आक्रमण यो ता योके भन्ने ठाउँमा रहेको प्रहरी कार्यालयमा भएको थियो। सो आक्रमण झण्डै डेढ घण्टासम्म जारी रेहको थियो।

प्रहरीका एक जना उच्च अधिकारीले दिएको जानकारीअनुसार अराकान आर्मीले प्रहरी कार्यालयमा आक्रमण गरेको हो। आक्रमणकारीले केही हातहतियारसमेत लिएर भागेका राखिन राज्यको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मारिएका मध्ये अधिकांश अधिकृतस्तरका प्रहरी रहेका समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ