arrow

भारतमा लोकसभा चुनाव ७ चरणमा हुने, २३ मे मा नतीजा

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
Election-commission-india.jpg

नयाँ दिल्ली। भारतको चुनाव आयोगले लोकसभा चुनावको मिति तय गरेको छ । आईतबार चुनाव आयोगले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । आयोगले लोकसभाको कूल ५४३ सीटमा कूल ७ चरणमा निर्वाचन हुन लागेको हो । ११, १८, २३, २९ अप्रिल एवं ६,१२ तथा १९ मे मा चुनाव गर्न लागिएको हो । 

सबै चरणको भोटिङको गणना २३ मे मा गरिने भएको हो । २२ राज्यहरु तथा केन्द्र शासित प्रदेशहरुमा एक चरणमा मतदान गरिनेछ । चुनाव कार्यक्रमको घोषणाको साथ नै पूरा देशमा आचार संहिता लागू गरिएको छ । अब सरकारले कुनैपनि नयाँ योजनाको घोषणा गर्न सक्दैन । यसको साथै आयोगले आन्ध्र प्रदेश, ओडिशा, अरुणाञ्चल प्रदेश एवं सिक्किममा विधानसभा चुनावको समेत घोषणा गरेको छ। यहाँ लोकसभाको भोटिङ्गको साथ विधानसभाको लागि समेत मतदान गराईने भएको छ। 

पहिलो राउण्डमा २० राज्यहरुको ९१ सीटकोलागि मतदान हुनेछ । दोस्रो राउण्डमा १३ राज्यको कूल ९७ सीटको लागि मतदान हुनेछ । तेस्रो चरणमा १४ राज्यको ११५ सीटको लागि निर्वाचन हुँदैछ । चौथो चरणमा ९ राज्यको ७१ सीटको लागि, ५ औं चरणमा ७ राज्यकोलागि ५१ सिट, छैठौं राउण्डमा ७ राज्यको ५९ सीटकालागि तथा ७ औं एवं अन्तिम चरणमा ८ राज्यको कूल ५९ सिटकोलागि मतदान हुनेछ । 

यूपी, बिहार तथा बंगालमा ७ चरणमा चुनाव  
सबैभन्दा धेरै मतदाता रहेको उत्तर प्रदेश, ४० सिट रहेको बिहार तथा ४२ सिट रहेको पश्चिम बंगालमा सातवटै चरणमा निर्वाचन हुने भएको छ । साथै, आन्ध्र प्रदेश, अरुणाञ्चल, गोवा, गुजरात, हरियाणा, हिमाञ्चल प्रदेश, केरल, मेघालय, मिजोरम, नागाल्याण्ड, पञ्जाब, सिक्किम, तेलङ्गाना, तमिलनाडु, उत्तराखण्ड, अण्डमान निकोबार, दादर एवं नागर हवेली, दिल्ली, पुदुचेरी, चण्डीगढमा एकै चरणमा निर्वाचन हुने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ