arrow

अष्ट्रेलियाविरुद्ध भारत चौथो खेलमा लाचार, ३५८ रन गयो खेर 

३५८ रन बनाएर पनि भारतले पहिलो पटक हार बेहोरेको हो

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
peter-handscomb.jpeg

काठमाडौं । भारतको ३५८ रनको फराकिलो योगफल खेर गएको छ । पिटर हेन्डस्कम्वको सानदार शतक र एस्टन टर्नरको विष्फोटक अर्धशतकसँगै चौथो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो ।

आइतबार राति चण्डीगढमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो ।

अष्ट्रेलियाको जितमा नायक बनेका पिटर हेन्ड्सकम्बले १०५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ११७ रन बनाए । पिटरको यो एक दिवसीय करियरको पहिलो शतक पनि हो । 

पिटर र उस्मान खवाजाले तेस्रो विकेटका लागि १ सय ९२ रनको साझेदारी गर्दै जित सहज बनाए । ख्वाजाले ९९ बलमा ७ चौका प्रहार गर्दै ९१ रन जोडे ।

एस्टन टर्नरले विष्फोटक ब्याटिङ गर्दै ८४ रन बनाएपछि अस्ट्रेलियाको जित संभव भएको हो । टर्नरले ४३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै रनमा ८४ अविजित रहे । 

भारतका लागि जसप्रित बुमराहले ३,कुलदिप यादव,युजवेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान एक विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा ३५८ रन बनायो । शिखर धवनले ११५ बलमा १८ चौका र ३ छक्का प्रहार गर्दै १४३ रन बनाए । 

धवनको यो एक दिवसीय करियरको १६ औं शतक हो । ओपनर रोहित शर्माले ९२ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ९५ रनको योगदान दिए । ओपनर धवन र रोहितले पहिलो विकेटका लागि १९३ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफल तर्फ लम्काएका थिए । 

अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ७० रन खर्चेर ५ विकेट लिए । झेय रिचड्सन ३ र एडम जम्पाले १ विकेट हात पारे ।

३५८ रन बनाएर पनि भारतले पहिलो पटक हार बेहोरेको हो । 

 योसँगै पाँच खेलेको श्रृंखलामा २–२ को बराबरी भएको छ । अन्तिम खेल बुधबार (१३ मार्चमा) हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ