arrow

रियाल मड्रिडको फराकिलो जित, क्यासेमिरोलाई रातो कार्ड

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
real-madrid14.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबल अन्तर्गत आइतबार रातिको खेलमा रियाल मड्रिडले फराकिलो जित निकालेको छ । रियालले रियाल भल्लाडोलिडलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । रियालको जितमा करिम बेन्जेमाले २ गोल गरे । 

Sttriker Karim Benzema scored twice in comeback win for Real Madrid on Sunday night

खेलको २९ औं मिनेटमा रियाल भाल्लाडोलिडले अनुआरको गोलमा अग्रता लिएको थियो । उनले सर्जियो गुआर्डिओलाको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

The home side were denied by VAR as Guardiola was offside when he headed past Courtois

त्यसअघि रुबेन अल्काराजले पेनाल्टीमा गोल गर्न नसक्दा भालाडोलिड अग्रता लिनबाट बञ्चित भएको थियो । सर्जियोको दुई गोललाई रेफ्रीले मान्यता नदिँदा रियाल मड्रिड भाग्यमानी सावित भयो ।

Real Valladolid had two goals ruled out, missed a penalty and hit the woodwork in the first half

गोल खाएको ५ मिनेटमा नै रियालले बराबरी गोल फर्कायो । नाचोको पासमा राफेल भारानेले गोल गर्दै १–१ को बराबरीमा ल्याए । दोस्रो हाफमा रियालले तीन गोल थप्यो ।

Real Madrid equalised in the 34th minute when Raphael Varane bundled the ball into the net

५१ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता दिलाए । त्यसको केहिबेरमा नै टोनी क्रुसको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८० औं मिनेटमा रियालका मिडफिल्डर क्यासेमिरो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए पनि रियाल अर्को गोल थप्न सफल रह्यो । लुका मोड्रिचले बेन्जेमाको पासलाई सदुपयोग गर्दै रियलको जित सुनिश्चित गरे ।

Real striker Benzema was left unmarked to head home just before the hour mark

यस नतिजासँगै तेस्रो स्थानको रियाल मड्रिडले २७ खेलमा ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६३ तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ