arrow

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक, म्यान्चेस्टर युनाइटेड ढल्यो, चेल्सी जोगियो हारबाट

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
liverpool15.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ । बर्नलीमाथि ४–२ को जितसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा झार्दै लिभरपुल उपाधि होडमा उभिएको हो । 

Westwood's corner managed to evade everyone inside a crowded penalty area to find the corner of the Liverpool goal

लिगका ८ खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७४ अंक रहेको छ । समान खेलबाट लिभरपुलको ७३ अंक रहेको छ । 

The Liverpool players surround referee Andre Marriner and protest about the opening goal as Burnley celebrate

घरेलु मैदानमा लिभरपुलको जितमा सादियो माने र रोबर्टो फिर्मिनोले २–२ गोल गरे । बर्नलीका एस्ले वेस्टवुड र जोहान वर्ग गुडमुन्डसनले १–१ गोल गरे । 

Liverpool goalkeeper Alisson vents his frustration after being booked for complaining to the referee about Burnley's first goal

खेलको छैटौं मिनेटमा एस्ले वेस्टवुडको गोलबाट पाहुना टोली बर्नलीले खेलमा अप्रत्यासित अग्रता बनाएको थियो । 

१९औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो । मोहम्मद सलाह र जर्जिन्हो विज्नल्डमको वान टु वान पासमा बर्नलीका गोलरक्षक झुक्किदा फिर्मिनोले गोल गरेका थिए । 

२९औं मिनेटमा मानेले भलीमार्फत सुन्दर गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । 

६९औं मिनेटमा बर्नलीका गोलरक्षक टोम हिटनको गल्तीमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो । 

Firmino celebrates after scoring Liverpool's third goal of the game against Burnley on Sunday afternoon at Anfield

Firmino grabbed his second of the afternoon by tapping into an empty net after Salah was tackled in the penalty area

इन्जुरी समयको पहिलो मिनेटमा बर्नलीका जोहानले एक गोल गरेपछि खेल ३–२ को अवस्थानमा पुगेको थियो ।

Burnley's Johann Gudmundsson gave Liverpool a late scare by scoring from inside the box late on to make the score 3-2

तर, इन्जुरी समयको चौथो मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए ।

Mane rounded Tom Heaton and turned the ball into the goal for his second to kill the game and seal the three points

आर्सनल जित्यो म्यान्चेस्टर युनाइटेड हार्यो
आर्सनलले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्ष ४ होडलाई थप रोमान्चक बनाएको छ ।

Pierre-Emerick Aubameyang put the finishing touches on Arsenal's 2-0 win over Manchester United at the Emirates Stadium

यससँगै म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रशिक्षक ओले गुनार सोल्स्जरले प्रिमियर लिगमा पहिलो हार बेहोरेका छन् ।

Granit Xhaka attempted a speculative strike from range early on and it wrong-footed United keeper David De Gea

स्विस मिडफिल्डर ग्रानिट झाकाले खेलको १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । 

Manchester United players look perplexed that the seemingly benign effort found its way past the Spanish stopper

 दोस्रो हाफमा फ्रेडले एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा पिएर एमेरिक औबामेयाङले गोल गर्दै जित पक्का गरे ।

यस नतिजाले शीर्ष ४ को प्रतिस्पर्धा भने थप रोमान्चक बनाएको छ । तेस्रो स्थानको टोटनह्याम हट्स्परले ३० खेलमा ६१ अंक जोडेको छ । चौथो स्थानको आर्सनलले ६०, म्यानचेस्टर युनाइटेडले ५८ तथा चेल्सीले २९ खेलमा ५७ अंक जोडेको छ ।

A supporter ran across the pitch and confronted Chris Smalling after the second goal - police later made an arrest

हारबाट जोगियो चेल्सी

चेल्सीले घरेलु मैदानमै उल्भरह्याम्पटनसंग १–१ को बराबरीमै चित्त बुझाउनु पर्यो । 

Raul Jimenez opened the scoring for the visitors by finishing off a well-crafted counter attacking passage of play for Wolves

५६ मिनेटमा राउल जिमेनेजले गोल गर्दै उल्भरलाई अग्रता दिलाए । चेल्सीका एडन हजार्डले गोल गर्दै टोलीलाई हारबाट जोगाए । 

The Benfica loanee held off pressure from the Chelsea defence to chip the ball over goalkeeper Kepa Arrizabalaga



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ