arrow

मेटिँदै आइएसको अस्तित्व, १५ सय लडाकु रहेको बागुज गाउँमा अमेरिकी सेनाको आक्रमण

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
is.jpg

काठमाडौं । विश्वलाई नै तहसनहस पार्ने लक्ष्यसहित हतियार उठाएको आतंकवादी समूह इस्लामिक स्टेट आइएस बिस्तारै मेटिँदै गएको छ ।

आतंकवाद निस्तेज पार्ने अभियानमा लागेको अमेरिकाले आइएसको कब्जामा रहेको सिरियाको एक भूभागमा कार्वाही थालेको छ । 

अमेरिकी गठबन्धन सेनाले भीषण कारबाही सुरु गरेको हो । आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्रेटिक फोर्सले आक्रमण सुरु गरेको हो ।

यो क्षेत्रमा अझै आइएसका सयौं लडाकु रहेको बताइएको छ । आइएसको नियन्त्रण रहेको क्षेत्रलाई घेराबन्दी गरेर प्रवेश गरेको सेनाले कारबाही गरिरहेको छ ।

गठबन्धन सेनाले यो गाउँमा १ हजार ५ सयसम्म आइएसका लडाकु भएको अनुमान गरेको छ । सिरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन् । 

आइएसका लडाकुले यो स्थानबाट नागरिकलाई बाहिर निकाल्न भन्दै आफ्नो अभियान रोकेका बेला गठबन्धन सेनाले आक्रमण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ