arrow

ल्यारक्याल लामा प्रहरी हिरासतमा, पाँच दिन म्याद थप

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
lama-lyarcal.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी सांसद ल्यारक्याल लामाको नेपाल इनभेष्टमेन्ट बैंकमा रहेको लकरमा गोली भेटिएपछी थप अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ । महानगरीय प्रहरी परिसरले पाँच दिन म्याद थप गरेर लामाबारे हातहतियार तथा खरखजना सम्बन्धमा थप अनुसन्धानका अघि बढाएको परिसर प्रमुख विक्रम थापाले जानकारी दिए । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोको छानविन घेरामा रहेका लामाको दरबारमार्गस्थित नेपाल इनभेष्टमेन्ट बैंकको शाखामा लकर खोल्दा १४ थान गोली भेटिएपछी पक्राउ परेका थिए । छानविनका क्रममा अख्तियार टोलीले उनलको लकरमा गोली भेट्टाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीबारे अनुसन्धान गर्न पाँच दिन समय माग गरेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताए । 
 
झलनाथ खनाल प्रधानमन्त्री हुदा अर्थराज्यमन्त्रीको जिम्मा पाएका लामाले दोहोरो नागरिकता र राहदानी भेटिएपछि मन्त्रीपदबाट राजीनामा दिएका थिए । खनालसँग उनको व्यापारिक साझेदारी रहेको बताइन्छ । पछि एकिकृत माओवादीमा गएपछी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लामालाई मन्त्रिपरिषद्ले मनोनित गर्ने कोटामा सांसद मनोनयनका लागि सिफारिस गरेका थिए । 
 
अघिल्लो संविधानसभा निर्वाचनपछी भरतमोहन अधिकारी, अमृत बोहराको माध्यमबाट एमाले सभासद भएका लामा अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारको छानबिन घेरामा थिए । उनी २०५८ सालमै स्थानीय विकास मन्त्रालय अन्तर्गतको गुम्बा व्यवस्थापन समिति अध्यक्ष भएका थिए । पहिले राजावादी रहेका लामा आर्थिक चलेखेलबाटै एमाले राजनीति हुँदै माओवादी पार्टी सम्मको राजनीतिमा पुगेका बताइन्छ । उनले गुम्बा व्यवस्थापन समितिमा हुँदा चरम आर्थिक अनियमितता गरेको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ