चुनावी चक्रब्यूह : भाजपालाई कति पार्टीको साथ, काँग्रेसलाई कतिको ?

प्रकाशित मिति : २०७५ फाल्गुण २७ सोमबार
तस्वीर : वेव

नयाँ दिल्ली । १७ औं लोकसभा चुनावको लागि मिति तय भइसकेको छ । राजनीतिक दलहरु सबै मोर्चामा जान तयार भइसकेका छन्। यूपीए केही क्षेत्रीय दलहरुको साथ लिएर मोदीलाई सबक सिकाउने प्रयासमा देखिएको छ भने बीजेपी समेत केही साना दलहरुलाई साथमा लिएर फेरि पनि जीतको झण्डा फहराउने प्रयासमा छ ।

जसमध्ये केही दलहरु यस्ता पनि छन् जो कुनै पनि मोर्चामा अहिलेसम्म जुटेका छैनन् । उनीहरुको कोशिस जनताको विश्वास जितेर आफैं सरकार बनाउने प्रयासमा छन् । यस बार चुनावबाट पहिले गठबन्धनको चक्रब्यूह केही जटिल देखिएको छ । देखौं यो चुनावी चक्रब्यूहमा को को छन् ? 

बीजेपीको साथमा रहेको दल 
नीतीश कुमार (बिहार) 

लालू प्रसाद यादवसँग अलग भएर जेडीयू एनडीएको साथ आएका नीतीशको बीजेपीसँग पछिल्लो दिनमा सीट बाँडफाँडको विषयलाई लिएर दुबैमा खटपट सुरु भएको समेत समाचार आएको छ । तर, बीजेपी बहुमतबाट टाढा देखिए भने यसमा नीतीशको भूमिका प्रमुख देखिएको छ । पछिल्लो चुनावमा उनको पार्टीले २ सिट पाएको थियो । 

के पलानिसामी (तमिलनाडु) 
जयललिता पछि एआईएडीएमकेमा कुनै ठूला नेता छैनन् । बीजेपीको साथ पाएर एआईएडीएमकेले यो चुनावमा राम्रो प्रदर्शनको प्रयास गरिरहेको छ । जबसम्म सो पार्टीका मुख्य विरोधी डीएमके कांग्रेस गठबन्धनको हिस्सा बन्छ । त्यतिबेलासम्म एआईएडीएमके काँग्रेसमा जाने सम्भावना छैन । पछिल्लो चुनावमा यसलाई ३७ सिट मिलेको थियो । 

एस रामादोस (तमिलनाडु) 
पीएमके पार्टी अहिले एआईएडीएमकेको साथमा आएर बीजेपीको खेमामा प्रवेश गरिसकेको छ । तर, तर यो पहिले यूपीएमा समेत हिस्सेदारी कायम गरिसकेको छ । तर, एनडीए बहुमतको नजिक देखिएन भने पीएमकेले भने खेमा बदल्न सक्छ । पछिल्लो चुनावमा यसले १ सिट जितेको थियो । 

उद्धव ठाकरे (महाराष्ट्र) 
गठबन्धनमा हुँदा हुँदै पनि शिवसेना लगातार बीजेपीमाथि भाषणमार्फत् हमला गरिरहेको छ । तर, राज्यमा पार्टीलाई मजबूत बनाइराख्नको लागि अहिले नै उद्धवले बीजेपीसँग सम्बन्ध विगार्ने अवस्था देखिँदैन । अघिल्लो लोकसभा चुनावमा शिवसेनालाई कूल १८ सीट मिलेको थियो । 

प्रकाश सिंह बादल (पञ्जाब) 
बीजेपीका सबैभन्दा पुराना साथीहरुमध्ये एक अकाली दल पछिल्ला दिनमा आफ्नो कोर भोटर सिखहरुको आक्रोश झेलिरहेको छ । यही कारणले यो पार्टीले २०१७मा पञ्जाब विधानसभा चुनाव समेत हारेको थियो । विवाद चुलिँदै जाँदा सुखबीर सिंह बादल एनडीएबाट अलग समेत भएका थिए । तर, अकाली दल एनडीएको साथमा नै छ । लोकसभा चुनावमा पार्टीको कूल चार सीट मिलेको थियो । 

अनुप्रिया पटेल (उत्तर प्रदेश, अपना दल) 
समाजवादी पार्टी तथा बहुजन समाज पार्टीको गठबन्धनसँग अनुप्रिया चिन्तित छिन्। कुर्मी भोटर्सहरुलाई रिझाउनकोलागि उनी बीजेपीसँग केही सिटको माग गरिरहेकी छिन् । यदि यस्तो भएन भने उनी काँग्रेसतिर पनि जान सक्छिन् । उनको पछिल्लो लोकसभा चुनावमा कूल २ सिट मिलेको थियो । 

राम विलास पासवान (बिहार) 
एलजेपीले पछिल्लो लोकसभा चुनाव भन्दा पहिले बीजेपीसँग गठबन्धन गरेको थियो । त्यतिबेला उसले कूल ६ सिट पनि ल्याएको थियो । बीजेपीले चाह्यो भने उनी पनि विजेपीसँग अलग हुने सम्भावना देखिँदैन । 

कांग्रेसको साथ
लालू प्रसाद यादव (बिहार) 

चारा घोटालामा भएको जेलले लालूलाई केही हदसम्म कमजोर त गरेको छ । आफूमाथि लागेको आरोपको विरुद्ध केन्द्रको अगाडि विचार राख्नको लागि पनि उनी काँग्रेससँग मिल्नै पर्छ । 

एचडी कुमारस्वामी (कर्नाटक) 
एचडी देवगौडाका छोरा कुमारस्वामीको पार्टी जेडीएस तथा कांग्रेसमा पर्याप्त छलफल पछि काँग्रेससँग सिट वाँडफाँड भएको छ । यदि कांग्रेस गठबन्धनको सरकार नबन्ने भयो भने फेडरल फ्रन्टसँग पनि जानसक्ने सम्भावना पार्टीको छ । लोकसभा चुनावमा उसले दुईसिट जितेको थियो । 

शरद पवार (महाराष्ट्र) 
एनसीपीको सीनियर नेता पवार अहिलेसम्म चुनावमा नलड्ने बताउँदै आएका छन् । तर बीजेपीलाई कमजोर बनाउन र कांग्रेसको समर्थन गर्नको लागि उनी आफ्ना फैसला बदल्न सक्ने देखिन्छ । अघिल्लो लोकसभा चुनावमा २०१४ मा पार्टीले ६ सीट जितेको थियो ।

एमके स्टालिन (तमिलनाडु) 
करुणानिधिका छोरा एमके स्टालिन तमिलनाडुका ठूला नेता हुन् । करुणानिधिपछि परिवारमा भएको सत्ताको झगडाबाट उनलाई जीत मिलेको थियो । डीएमके पहिले एनडीएमा थिए तर अहिले गरिब सवर्णोंको लागि आएको १० प्रतिशत आरक्षण विरुद्ध बीजेपीको विरुद्ध देखिएको छ । अघिल्लो लोकसभामा पार्टीले कुनैपनि सीट जितेको छैन। 

वाइको (तमिलनाडु) 
कुनै समयमा परिवारवादको आरोप लगाएर यिनको पार्टी एमडीएमके करुणानिधिसँग अलग भएको थियो । तर विशेष केही पनि हाँसिल नभएपछि यिनले डीएमकेको नामबाट राजनीति सुरु गरेकी हुन् । यो पार्टी पनि पहिले एनडीएको हिस्सा थियो तर अहिले काँग्रेसको पक्षमा छिन् । लोकसभा चुनावमा यिनको हिस्सा पनि शून्य छ । 

उमर अब्दुल्ला (नेशनल कन्फ्रेन्स) 
जम्मू कश्मीरमा फैलिएको अशान्तिको दोष उमरको पार्टीले बीजेपीलाई दिने गरेको छ । उमर कांग्रेस या फेडरल फ्रन्टमा कुनै पनि पार्टीलाई साथ दिन सक्छ । यिनको प्रमुख टारगेट पीडीपीबाट राम्रो प्रदर्शन गर्नु नै हो । लोकसभा चुनावमा यो पार्टीको पनि कुनै सिट छैन । 

फेडरल फ्रन्ट
ममता बनर्जी (टीएमसी, पश्चिम बंगाल) 

बीजेपीको विरुद्ध मोर्चा खोलनेवाली ममताले फेडरल फ्रन्टलाई बढावा दिएकी छिन् । फ्रन्टले अहिलेसम्म पनि कुनै चेहेरा बाहिर ल्याएको छैन । यद्यपि ममतालाई नै भाबी पिएमको उम्मेदवार मान्ने तयारी समेत गरिएको छ । पछिल्लो चुनावमा यो पार्टीले ३४ सीट जितेको थियो । 

चन्द्रबाबू नायडू (टीडीपी, आन्ध्र प्रदेश) 
विशेष राज्यको दर्जाको मागलाई लिएर बीजेपीसँग अलग भएका नायडू कांग्रेसलाई साथ लिएर गठबन्धनलाई ठूलो बनाउँन चाहन्थे । तर, यस्तो भएन । अब चुनावभन्दा पहिले उनी फेडरल फ्रण्डको हिस्सा बन्ने भइसकेका छन् । उनी अब बीजेपी या कांग्रेसको साथ जाने कुनै सवाल नै रहेन । 

प्रफुल्ल महन्ता (एजीपी, असम) 
एजीपी तथा बीजेपीको बीच सिटिजनशिप बिल आउनुभन्दा पहिलेसम्म सम्बन्ध ठीक थियो । तर यहि विषयका कारण उनीहरुको गठबन्धन टुट्यो । अहिले एजीपी बीजेपीको साथमा त आउँदैन नै काँग्रेसको खेमामा पनि नगएर पार्टीले फेडरल फ्रन्ट रोज्न पुगेको हो  

अजीत सिंह (राष्ट्रिय लोक दल, यूपी) 
यिनी अहिले बीएसपी-एसपीको साथमा छन् । बीजेपी विरुद्ध बोलेबापत नै उनलाई उनको समुदायले पूर्ण रुपमा समर्थन गर्ने गरेको छ। जाट आरक्षणमा भएको विवादपछि उनी बीजेपीसँग त उनी जाँदैनन् । बरु काँग्रेससँग जानसक्ने देखिन्छ । तर अहिले उनी फेडरल फ्रन्टको साथमा छन् ।  

मायावती (बीएसपी, यूपी) 
पछिल्लो लोकसभा चुनावमा बिएसपीलाई एक सिट पनि मिलेन । समाजवादी पार्टीको साथ गठबन्धन गरेर मायावती पार्टीलाई सम्हाल्न चाहन्छिन् । 

अखिलेश यादव (समाजवादी पार्टी, उत्तर प्रदेश) 
मायावतीको जस्तै अखिलेशलाई पनि यूपीमा उनको स्थिति मजबूत बनाउनुपर्ने जिम्मेवारी छ । पार्टीलाई बलियो बनाउनको लागि उनी फेडरल फ्रन्टको हिस्सा बन्दा नै केन्द्रमा मजबूत बन्ने देखेर उनी पनि केन्द्रको हिस्सा बन्ने देखिन्छ । 

बीजेपीको साथमा नजानेहरु 
सीताराम येचुरी (सीपीएम) 

विपक्षी एकताको नेशनल फ्रन्टमा सीपीएम प्रमुख रोलमा देखिन चाहन्छ । तर, पार्टी खुल्ला रुपमा उसको हस्सा बन्न पनि चाहँदैन । किन भने केरलमा सो पार्टी कांग्रेसको साथमा छ भने बंगालमा समेत गठबन्धनको सम्भावना देखिएको छ । पछिल्लो लोकसभा चुनावमा यो पार्टीको जम्मा ९ सीट मिलेको थियो । 

महबूबा मुफ्ती (पीडीपी) 
जून २०१८मा बीजेपीले गठबन्धन तोडेर पीडीपीलाई ठूलो झट्का दिएको थियो । अलगाववादीहरु प्रति नरमदेखिने महबूबाले बीजेपी र एनसी कसैको पनि समर्थन नगर्ने देखिएको छ । पछिल्लो चुनावमा यसलाई जम्मा ३ सिट मिलेको थियो । 

अरविन्द केजरीवाल (आप) 
लोकसभा चुनावभन्दा पहिले केजरीवालले कांग्रेसको साथमा गठबन्धनको पूरा कोशिस गरेका थिए । पछिल्लो लोकसभा चुनावमा ४ सिट जितेको आप बीजेपीसँग जाँदैन र काँग्रेससँग कुरा नमिलेको स्थिति हो । 

जोसँग पनि जान समस्या नभएकाहरु 
के चेन्द्रशेखर राव (टीआरएस, तेलंगाना) 

टीआरएस उन पार्टीहरुमध्ये एक हो जुन अहिलेसम्म कुनै पनि पार्टीको साथमा छैनन् र चुनावपछि यी पार्टीहरु जुनसुकै दलको साथ पनि जानसक्छन् । केसी राव आफ्नो राज्यप्रति जो उदार हुन्छ उसैलाई समर्थन गर्ने पार्टी हो । लोकसभा चुनावमा यो पार्टीको ११ सिट आएको थियो । 

नवीन पटनायक (बीजेडी) 
टीआरएस जस्तै बीजेडीको समेत कसैसँग गठजोड छैन । ओडिशामा नवीन लगातार ५ पटक मुख्यमन्त्री बनिसके । तर, अब पनि उनी तटस्थ रहेर जसलाई सुकै पनि साथ दिने पक्षमा देखिन्छन् । पछिल्लो चुनावमा बीजेडीले २० सीट जितेको थियो । 

जगनमोहन रेड्डी (वाईएसआर कांग्रेस) 
टीडीपी फ्रन्टमा शामिल छ । त्यसैले रेड्डीको पार्टीले पनि अहिले कसैलाई पनि समर्थन दिने गरेको छैन।  आफ्नो शर्तमा उनी कांग्रेस या बीजेपीको साथमा चुनावपछि अवश्यपनि जानेछन् । तर चुनाव अघि कसैलाई पनि उनको समर्थन छैन ।  

ओम प्रकाश चौटाला (आईएनएलडी, हरियाणा) 
चौटालाको पार्टी अहिलेको समयमा राम्रोसँग चलिरहेको छैन । उनका छोरा अजय चौटालाले पार्टी फुटाएर  (जेजेपी) पार्टी चलाईरहेका छन् । तर यी दुबै बाबुछोराको समर्थन भने बीजेपीलाई जाने सम्भावना देखिन्छ । 
 

नयाँ