काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको केन्द्रीय सदस्य खुला तर्फको मत गणना जारी छ । मत गणनाको पछिल्लो परिणाम अनुसार शेखर कोइराला अगाडी छन् । हाल सम्म शेखर कोइरालाकै अग्रता रहेको निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । २ हजार ३ सय मत गणना हुँदा कोइरालाले १३ सय ७२ मत पाएका छन् । उनी पछि खुमबहादुर खड्काले १३ हजार ४२ मत पाएका छन् । तेस्रोमा रहेका प्रकाशमान सिंहले १३ सय २३ मत पाएका छन् । यस्तै, प्रदीप पौडेलले १२ सय ७९ र कुल बहादुर गुरुङले १२७५ मत पाएका छन् ।
१ शेखर कोइराला १३७२
२ खुम बहादुर खड्का १३४२
३ प्रकाशमान सिंह १३२३
४ प्रदीप पौडेल १२७९
५ कुल बहादुर गुरुङ १२७५
६ रमेश लेखक १२५३
७ धनराज गुरुङ १२५३
८ बालकृष्ण खाँड १२५१
९ प्रदीप गिरि १२५०
१० पूर्ण बहादुर खड्का १२४२
११ महेश आचार्य १२३९
१२ विमलेन्द्र निधी १२२८
१३ बल बहादुर केसी १२१७
१४ रामशरण महत १२०५
१५ सुजाता कोइराला ११९६
१६ विश्वप्रकाश शर्मा ११९१
१७ शंकर भण्डारी ११२५
१८ एन पी साउद १११३
१९ बद्री पाण्डे १११३
२० गोपाल मान श्रेष्ठ १०९८
२१ प्रकाशशरण महत १०९४
२२ नारायण खड्का १०९३
२३ ज्ञानेन्द्र बहादुर कार्की १०८६
२४ चन्द्र भण्डारी १०७८
२५ मिनेन्द्र रिजाल १०७८
मत परिणाम